back
NMB ad

एघार त्यस्ता व्यवहारहरु जो सफलता र तपाईको बीचमा पर्खाल बनिरहेको हुनसक्छ

Kumari bank ad

हामी सबैसँग आफ्ना खराब बानीहरु छन्, र त्यो सामान्य पनि हो । तर यी सामान्य लाग्ने बानीहरु करिअर र जीवनको बाटोमा हामीले चाहिरेको कुराबाट हामीलाई रोक्ने अवरोध पनि बनिरहेको हुनसक्छन् । यहाँ त्यस्ता ११ बानीव्यहोराहरु प्रस्तुत गरिएको छ जुन तपाई र सफलताको बीचमा पर्खाल बनेर उभिएको हुनसक्छ ।

१. तपाई आफूलाई लागेको कुरा बोल्नुहुन्न : समाजले हामीलाई निरन्तर अरुलाई मान्नु एवं समाजको कुनै पनि नियमहरुलाई नतोड्न सिकाइरहेको हुन्छ । तर यदि हामीले कुनै चुनौति नै लिएनौं, यदि हामीलाई के लागेछ वा हामी के सोच्छौं भन्ने बारेमा अरुलाई जानकारी दिएनौं भने हामीसँग कुनै ठूलो या नयाँ कुरा हुन पाउँदैन । आफूलाई व्यवहारमा खरो बनाउनुहोस् र आफ्नो विचार व्यक्त गर्न पछि नपर्नुहोस् । हामी सबै सफल हुन सक्छौं ।

२. तपाई सधैं कतै जाँदा ढिला पुग्नुहुन्छ :  यो कुरा सामान्य लाग्छ तर यो त्यति सामान्य छैन । त्यही मान्छे सफल हुन्छ जो विश्वास गर्न लायक हुन्छ र कुनै पनि कुराप्रति प्रतिबद्ध हुन्छ । यदि तपाई जहाँ पनि ढिला पुग्नुहुन्छ भने कसैले पनि तपाईलाई गम्भीरपूर्वक लिँदैन । स्यान फ्रान्सिस्को स्टेट युनिभर्सिटीका अनुसार निरन्तर ढिला हुुनुलाई थकान, आत्मविश्वासको कमी र समस्याहरुमा मात्र हेर्ने खालको व्यवहारका रुपमा लिइन्छ ।

३. घृणा जस्ता भावनाहरुलाई आफूमा राख्नु : यो हैन कि तपाई हामीले सबैले आफूलाई मन पराउन् भन्ने गरी काम गर्नुपर्छ र जतिबेला पनि गीत गाउने वा हाँस्ने गर्नुपर्छ । तर कुनै पनि कुरामा घृणालाई स्थान दिनुहुँदैन र रीस पालेर राख्नु हुँदैन । किनभने त्यो हामी आफ्नै जीवनको लागि खतरनाक हुन्छ । यस्तो भावनाले हाम्रो जीवनमा नकारात्मक कुराहरु मात्र भरिदिन्छ । यस्तो व्यवहारले स्वस्थसँग सम्बन्धी विभिन्न समस्याहरु पनि ल्याउन सक्छ ।

४. तपाई जुन कुरामा पनि सही थाप्नुहुन्छ :  यदि तपाईलाई जुन कुरामा पनि हुन्छ भनेर सफलता पाइन्छ जस्तो लाग्छ भने तपाई गलत हुनुहुन्छ । यदि तपाईले हरेक पटक अरुको सही थाप्ने र उनीहरुको पछि लाग्ने गर्नुभयो भने तपाईले ठूला ठूला अवसरहरु गुमाउनुहुनेछ । त्यसैले सबै कुरामा सही थाप्ने व्यक्ति नबन्नुहोस् ।

५. तपाई एकदमै खर्चालु हुनुहुन्छ : के तपाई खर्च गर्दागर्दै प्रायः आफ्नो गोजी रित्तो बनाउनुहुन्छ रु यो तपाईको आर्थिक भविष्यको सानो झलक मात्र हुन सक्छ । वचत एकदमै महत्वपूर्ण हुन्छ, आर्थिक हिसाबमा सन्तुलित बन्नु र पैसा व्यवस्थापन गर्न सक्नुले तपाईलाई संवेदनशील मान्छेका रुपमा अगाडि बढाउँछ । आफ्नो व्यक्तिगत बजेट बनाउने कुराबाटै व्यवहार परिवर्तन गर्नुहोस् ।

६. तपाई कुनै पनि काम समयमै सम्पन्न गर्नसक्नुहुन्न : यदि कसैले यो बानीलाई छाड्न सक्दैन भने उसले सफलता पाउन सक्दैन । उनीहरुले पैसा कमाउने अवसर पनि छुटाउँछन् किनभने उनीहरु आफ्नो काम समयमै सम्पन्न गर्न सक्दैनन् । उनीहरुले आफ्नो इज्जतलाई पनि घटाउँछन् किनभने उनीहरुले आफ्नो वचन राख्न सक्दैनन् ।

७. तपाई इमान्दार हुनुहुन्न : यदि तपाईले एक पटक या दुई पटक झुट बोल्नुभयो भने तपाईलाई यसको बानी पर्न सक्छ किनभने एउटा झुटले अर्कोलाई तान्छ । त्यसको लगत्तै तपाईले आफूलाई झुटहरुको घेरामा बन्द भएको पाउनुहुनेछ । यसको उपाय भनेको सुरुवात देखि नै इमान्दार बन्नु हो । कहिलेकाँही अरुले झुट बोली बोली सफलता पाइरहेको देख्दा आफूलाई दिक्क लाग्न सक्छ तर सत्यको बाटोमा इमान्दार बनेर हिंड्नुबाट पाउने आनन्दले तपाईलाई भविष्यमा पक्कै सफल बनाउनेछ ।

८. तपाई धेरै गुनासो गर्नुहुन्छ : तपाईलाई कुनै कुरा मन परेन भने आफूले जे सोच्नुहुन्छ त्यो भन्नु राम्रो कुरा हो तर त्यसलाई बढाइँचढाइँ गर्नु अत्यन्त नराम्रो बानी हो । मानिसहरुले त्यस्ता मानिसको कुरा सुन्न आवश्यक ठान्दैनन् जो प्रायः धेरै गुनासो गरिरहन्छ । सफलता पाउनुका लागि यो बानीलाई पनि छाड्नुपर्छ ।

९. तपाई मानिसहरुलाई आफूबाट टाढै राख्नुहुन्छ :  हामी मानिस हौं, हामी समाजमा बस्छौं र हामीलाई साथीहरु आवश्यक पर्छन् । सफलताको सूत्र भनेको ठूलो नेटवर्क हुनु पनि हो जसले तपाईलाई भविष्यमा कुनै समस्या प¥यो भने त्यसबाट सजिलै बाहिर निकालोस् । सफलता पाउने बाटो लामो र गाह्रो हुन सक्छ तर अरुको सहयोगले यो सजिलो र रमाइलो बन्न पुग्छ ।

१०. तपाई आप्mनो राम्रो ख्याल राख्नुहुन्न : सधैं आफ्नो राम्रो ख्याल राख्नुहोस् । जीवनमा राम्रो स्वास्थ्य भन्दा ठूलो अन्य कुनै राम्रो उपहार छैन । तनाव तपाईको सबैभन्दा ठूलो शुत्र हुनसक्छ । त्यसैले जीवनमा हरेक दिनका दिक्दारीहरुलाई आफ्नो जीवनमा स्वस्थ खाना, आराम र व्यायामबाट सन्तुलित राख्ने गर्नुहोस् ।

११. तपाई आफ्नो शारीरिक भाषा बुझ्नुहुन्न : पहिलो प्रभाव जरुरी छ त्यस्तै गरी दोस्रो, तेस्रो, चौथो लगायतका प्रभाव पनि जरुरी हुन्छन् । पत्याउनुहोस् या नपत्याउनुहोस् तपाईको शरीरले पनि कुरा गरिरहेको हुन्छ र कहिलेकाँही हाम्रो आवाजले भन्दा पनि चर्को तरिकाले कुरा गरिरहेको हुन्छ । भरपर्दो र आत्मविश्वासले भरिपूर्ण व्यक्तिका रुपमा व्यवहार गर्न सिक्नुहोस्, यदि तपाईलाई त्यस्तो लाग्दैन भने पनि तपाईले विस्तारैमा आफूमा त्यो परिवर्तन पाउनुहुनेछ ।

– एजेन्सीको सहयोगमा, १० कार्तिक २०७३, १.३०

वि.सं.२०७३ कात्तिक १० बुधवार १३:१७ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...