back
NMB ad

कांग्रेस फकाउँदै प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाण्डौं ।  सत्ताको मूख्य साझेदार माओवादी केन्द्रले विगतमा भएको भद्र सहमति अनुसार नेतृत्व आफूलाई दिन दबाब दिएपछि प्रधानमनत्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई फकाउन थालेका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।

यसअघि संविधान जारी भएपछि एमालेलाई नेतृत्व दिने सहमति भएको भन्ने विषयमा कांग्रेस र एमालेबीच मतभेद बढेपछि दुई दलको सम्बनध बिग्रिएको थियो। स्रोतका अनुसार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग एक महिनायता तीनपटक गोप्य भेटवार्ता गरेका छन्।

उक्त भेटमा ‘कांग्रेसमा नेतृत्व परिवर्तन भएर परिस्थति फरक भइसकेकाले’ फेरि दुई दलबीच सहकार्य गरेर संविधान कार्यान्वयन गरौं भन्ने प्रस्ताव ओलीले राख्दै आएका छन्। देउवाले त्यसको जवाफ भने दिएका छैनन्।

देउवा आफै र बहुमत सदस्य दुई ठूला दलबीच सत्तामा साझेदारी गर्न नुहने पक्षमा छन्। ‘कांग्रेससँग सहकार्य गरौं भन्ने प्रधानमन्त्री ओलीको स्वभविक प्रस्ताव हो,’ कांग्रेस केन्द्रीय सदस्य एवं सांसद मीन विश्वकर्माले भने,‘तर अब एमालेसँग सत्तामा सहकार्य गर्न हुँदैन भन्ने कांग्रेसभित्र धेरैको धारणा छ।’

माओवादीले जेठ अन्तिम साता भएको ९ बुँदे लिखित र तीन् बुँदे भद्र सहमतिअनुसार आफूले पाउनु पर्ने दाबी एमालेसँग गर्दै आएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।

प्रकाशितः २०७३ असार २५

वि.सं.२०७३ असार २५ शनिवार १०:१९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...