काठमाडौं । गत ३ जेठमा कमलादेवी केसीलगात दुई मलिलाको सुन सिक्री लुटेको आरोपमा सिन्धुपाल्चोकका बोझबहादुर भुजेल पक्राउ परे ।
त्जष्भाअनुसन्धानका क्रममा उनले दुईजनाको गरी एक लाख रुपैयाँभन्दा धेरैको गहना लुटेको खुल्यो ।
प्रहरीले चोरी मुद्दा चलायो अदालतले उनलाई ० हजार धरौटीमै छाड्ने आदेश दियो ।
उनी तत्काल धरोटी राखेर छुटे । अदालतबाट छुटेपछि उनी फेरी सोही धन्दामा लागे, उनको समूहले काठमाडौंमा कम्तीमा १४ जनाको सिक्री लुटेको खुलिसकेको छ ।
लाखौं चोरी गर्ने तथा सामान्य धरौटीमा छुट्ने भएकाले चोरी धन्दा राजधानीमा फस्टाएको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले यो साता भुजेलसहित उनका ६ जना सहयोगीलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरु सामान्य धरौटीमै छुट्ने भएकाले छुटेपछि फेरी चोरी धन्दा मै लाग्ने गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशितः २०७३ असार ३१
वि.सं.२०७३ असार ३१ शुक्रवार १०:२३ मा प्रकाशित