काठमाण्डौं । यो साता सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँले घट्दा चाँदी भने स्थिर रहेको छ।
गत आइतबार प्रतितोला ५९ हजार रुपैयाँ रहेको सुन शुक्रबारसम्म आउँदा ५८ हजार ३ सय रुपैयाँमा झरेको छ।
चाँदी भने यो साता महँगिएको छ। आइतबार प्रतितोला ९ सय ५ रुपैयाँ रहेको चाँदी शुक्रबार पनि ९ सय ५ रुपैयाँमै कायम रह्यो। यो एक हप्ताको बीचमा चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँसम्म पुग्यो।
प्रकाशितः २०७३ साउन १
वि.सं.२०७३ साउन १ शनिवार १४:३३ मा प्रकाशित