back
NMB ad

शिक्षा सेवा आयोगः ११ सय १७ पदका लागि एक लाख १६ हजारको दरखास्त

Kumari bank ad

काठमाण्डौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका ९ विषयमा पढाउने ११ सय १७ शिक्षक माग गरेको आवेदनमा १ लाख १६ हजार ३ सय ४० जनाको आवेदन परेको छ। आवेदन दिनेको यो संख्या माग भन्दा एक सय चार गुणा बढी हो।

आयोगले ०६३ वैशाख १० देखि रिक्त रहेको दरबन्दीमा स्थायी पदपूर्तिका लागि जेठ ९ मा विज्ञापन गरेको थियो। स्थायी अध्यापन अनुमति पत्र लिएकाले मात्रै आवेदन दिएका हुन्।

शिक्षकका लागि यसपालि सबैभन्दा बढीले आवेदन दिएको शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले बताए। आयोगले ०६९ मा प्रावि, निमावि र माविको १३ हजार ५९ पदमा विज्ञापन गर्दा चार लाख १३ हजार अर्थात् ३१ गुनाले आवेदन दिएका थिए। गत असारमा परीक्षा लिएको माध्यमिक तहमा १४ बिषयमा ६ सय ११ चाहिनेमा ३८ हजारले परीक्षा दिएका थिए।

यसपालि निमावि तह तृतीय तहमा आवेदन दिएकामध्ये अनिवार्य नेपालीमा १ सय ६२ शिक्षक मागिएकोमा ४२ हजार ५ सय ९५ ले आवेदन दिएका छन्। त्यस्तै, १ सय ७२ मा गरिएको सामाजिक विषयमा ३४ हजार ६ सय ११ ले आवेदन दिएका छन् भने ३ सय २६ माग गरिएको अंग्रेजीमा २३ हजार ७१ ले आवेदन दिएका छन्।

नेपाली, सामाजिक र अंग्रेजीजस्ता विशष देशभरि नै ठूलो संख्यामा आवेदन आएको भए पनि संस्कृत भाषा, संस्कृत व्याकरण र कम्युटर विज्ञानमा भने निकै थोरै आवेदन परेका छन्। १ जना माग गरिएको संस्कृत भाषामा १० ले आवेदन दिएका छन् भने २ माग गरिएको कम्प्युटर विज्ञानमा ५० र ४ जना शिक्षक माग गरिएको संस्कृत व्याकरणमा १४ जनाले दरखास्त दिएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ साउन १३

वि.सं.२०७३ साउन १३ बिहीवार ०९:५८ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...