back
NMB ad

सवारी साधन कारबाहीबाट रु ३० लाख राजस्व उठ्यो

Kumari bank ad

सल्यान । आव २०७२।०७३ मा १० हजारभन्दा बढी सवारीसाधनका धनीमाथि कारबाही गर्दा करिब रु ३० लाख राजस्व सङ्कलन गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार सवारी नियम उल्लङ्घन गर्ने १० हजार छ सय ३१ सवारी साधन कारबाहीमा परेका हुन् । गतभन्दा अघिल्लो वर्षको तुलनामा गत वर्ष दोब्बरले राजस्व बढेको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक चन्द्र केसीले जानकारी दिनुभयो । “चालक अनुमतिपत्र र ब्ल्यु बुक नबोक्ने, मापसे गरेर गाडी चलाउने, छतमा यात्रु राख्ने जस्ता ट्राफिक नियम विपरीतका कार्य गर्नेलाई हामीले कारबाही गरेका हौँ ”, केसीले भन्नुभयो ।

आव २०७१।०७२ मा सवारी साधनको कारबाहीबाट रु १४ लाख ७१ हजार पाँच सय मात्र राजस्व सङ्कलन भएको थियो । सवारी साधनको चाप बढ्नु, ट्राफिक जाँचलाई कडाइ गरिनु जस्ता कारणले राजस्व सङ्कलनमा वृद्धि भएको उहाँको भनाइ छ । सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् ।
प्रकाशितः २०७३ साउन १५

वि.सं.२०७३ साउन १५ शनिवार १३:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...