काठमाण्डौं । साताभर नेप्से परिसूचक ३९ अंकले बढेको छ भने साढे ९ अर्बमाथिको सेयर कारोबारे भएको छ । घटेको कमिसन लागू गर्न ब्रोकरले प्राविधिक असक्षमता देखाएपछि आइतबार कारोबार स्थगन भएको थियो। सोमबार पहिलो दिनको कारोबारमा १८ सय ३८ अंकमा रहेको नेप्से अन्तिम दिन बिहिबार १८ सय ७७ अंकमा पुगेको छ।
सोमबार २ अर्ब २४ करोडको सेयर कारोबार भएकोमा मंगलबार उच्च रेकर्ड कायम गर्दै २ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको थियो। बुधबार २ अर्ब २६ करोड र बिहिबार २ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भयो।
बैंकिङ समूह ४० अंकले बढेको छ भने विकास बैंक समूह यो साता १ सय २ अंकले बढेको छ। फाइनान्समा ३३ तथा हाइड्रोमा ६६ अंकको वृद्धि भएको छ। बिमा समूह १२ अंकले मात्रै उक्लियो।
अन्य र उत्पादन समूह यो साता घटे। सोमबार २८ सय ३१ अंकमा रहेको उत्पादन समूह २६ सय ९४ अंकमा झरेको छ भने अन्य समूह १० अंकले ओर्लिएको छ। बोटलर्स नेपाल तराईको सेयर मूल्यमा साताभर उच्च अंकले घट्दा उत्पादन समूहमा प्रभाव परेको हो।
प्रकाशितः २०७३ साउन १५
वि.सं.२०७३ साउन १५ शनिवार १४:४४ मा प्रकाशित