back
NMB ad

पहुँचवालालाई फेरि बाँडियो १ करोड ३२ लाख

Kumari bank ad

काठमाण्डौं । सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन एक करोड ३२ लाख ५० हजार रुपैयाँ बाँडेको छ। तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले ७८ जनालाई आर्थिक सहयोग दिने निर्णय गरेको खबर आजको नयाँ पत्रिकामा सागर पण्डितले लेखेका छन्।

आर्थिक सहायता पाउनेमा विभिन्न दलका नेता–कार्यकर्ता धेरै छन्। संवैधानिक निकायमा रहेका व्यक्तिहरूले पनि आर्थिक सहायता पाएका छन्। निर्वाचन आयुक्त इला शर्मालाई तीन लाख दिइएको छ। कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, एमाले नेता सोमनाथ अधिकारी, माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही र पूर्वसांसद गोविन्दनाथ उप्रेतीलाई पाँच–पाँच लाख रुपैयाँ दिइएको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवनकुमार गौतमलाई एक लाख रुपैयाँ दिइएको छ।

राजनीतिक पहुँच भएकाले मात्र सरकारबाट आर्थिक सहायता पाउने गरेका छन् । गरिब, विपन्न, अशक्त र पहुँच नभएका केही अधिकांश नागरिकले भने उपचार खर्चसमेत पाउँदैनन् । नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधिविपरीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहुँच हुनेलाई लाखौँ रकम बाँड्दै आएको छ । तर, गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले कार्यविधि अनुुसार नै सहायता वितरण भएको दाबी गरे ।

गृह मन्त्रालयले आर्थिक वर्ष ०७२(७३ मा मात्रै आर्थिक सहायतास्वरुप दुई सय ७२ जनालाई १५ करोड ५४ लाख ३२ हजार रुपैयाँ वितरण गरेको थियो । यस्तो सहायता लिनेमा बढी दलका नेता तथा कार्यकर्ता नै छन् । गृह प्रवक्ता यादवप्रसाद कोइरालाले के–कस्ताले आर्थिक सहायता पाए भन्नेबारे आफूले अध्ययन नगरेको बताए । मन्त्रिपरिषद्को १३ जेठमा बसेको बैठकले पनि ३१ जनालाई ८५ लाख रुपैयाँ बाँडेको थियो । डेढ महिनामै मन्त्रिपरिषद्ले फेरि ७८ जनालाई एक करोड ३२ लाख वितरण गरेको छ । किन रकम दिइएको हो भन्नेबारे केही खुलाइएको छैन।

प्रकाशितः २०७३ साउन १६

वि.सं.२०७३ साउन १६ आइतवार १०:०३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...