back
NMB ad

भोली देशले नयाँ प्रधानमन्त्री पाउने, निर्वाचनमा एमालेलाई क–कसको साथ !

Kumari bank ad

काठमाडौं । व्यवस्थापिका–संसद्को कुनै सदस्यले आफूलाई नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा निर्वा्चित गरियोस् भनी मंगलबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न पाउने गरी कार्यतालिका तोकिएको छ । उम्मेदवारले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गराउनुपर्ने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

एमालेले प्रधानमन्त्री निर्वाचनमा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई उम्मेदवार उठाउने तयारी गरेको छ । उपाध्यक्ष वामदेव गौतमले उम्मेदवारीका लागि संसदीय दलको नेता बनाइनुपर्ने सर्त अघि सारेपछि प्रधानमन्त्री केपी ओली नेम्वाङलाई उठाउने निष्कर्षमा पुगेका हुन् । यद्यपि, उम्मेदवारीको औपचारिक टुंगो भने मंगलबार बिहान बस्ने स्थायी समिति बैठकबाट लगाउने एमालेको तयारी छ ।

पाँच सिटको नेकपा माले, चार सिटको नेमकिपा, तीन सिटको राष्ट्रिय जनमोर्चा, दुई सिटको नेपाल परिवार दल र एक सिटको बहुजन शक्ति पार्टी अहिलेसम्म प्रतिपक्षमा बस्ने देखिएका छन् ।

दुई सिट रहेको राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल र एक–एक सिट भएका खम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी नेपाल, मधेस समता पार्टी नेपाल, दलित जनजाति पार्टी नेपाल प्रस्ट रूपमा खुलिसकेका छैनन् । आजको नयाँ पत्रिका दैनिकबाट ।

प्रकाशितः २०७३ साउन १८

वि.सं.२०७३ साउन १८ मंगलवार १०:२३ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...