back
NMB ad

सुदुरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि व्यवसायिक प्याराग्लाइडिङ !

Kumari bank ad

बैतडी  ।  सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्नका लागि पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सन्चालन हुने भएको छ ।  प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उक्त ठाउँलाई उपयुक्त ठहर गरेपछि यही भदौमा प्याराग्लाइडिङ सुरु हुने भएको हो ।

सुदूरपश्चिमेलीको मुख्यपर्व गौरालाई लक्षित गर्दै यही हप्तादेखि पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ । भारतको हिमाञ्चलका धरम चन्दको नेतृत्वमा आएको एक प्राविधिक टोलीले सन् २०११ देखि सुदूरपश्चिमका विभिन्न स्थानमा प्याराग्लाइडिङ सम्भावनाबारे अध्ययन गरेको थियो । अध्ययनपश्चात् टोलीले मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनलाई उपयुक्त ठहर गरेको हा ।

प्राविधिक टोलीले सन् २०१४ मा नै प्याराग्लाइडिङको परीक्षण सफल भएपछि प्राविधिक टोली यस वर्ष पुनः पाटन पुगेर प्याराग्लाइडिङका लागि पहल सुरु गरेको बताइएको छ ।

सुदूरपश्चिम पर्यटन विकास केन्द्रका नामले संस्था दर्ता गरेर स्थानीय ११ जनाले व्यावसायिक रुपमा नै सञ्चालन गर्ने तयारी गरेका छन् । त्यस्तै, पाटन नगरपालिका–१३ को भिटास्थित पोखरी नजिकमा कटेज खोल्ने तयारी गरेका छन् । कटेज स्थापनापश्चात् कटेजमा स्थानीय परिकार राखिने बताइएको छ ।

सुदूरपश्चिमका स्थानीय परिकारमा खीर, माणा, फाणो, बटुको, डुपका, मकैको रोटीलगायतका परिकार राखिने भएका छन् । पाटनभन्दा करिब आठ किलोमिटर पश्चिममा रहेको नेपालकै गहिरो गुफा पतालभुमेश्वरको प्रवद्र्धन र प्याराग्लाइडिङलाई व्यवसायिकीकरण गर्न संस्थागतरुपमै प्रयास गर्ने केन्द्रका अध्यक्ष तथा पाटनका युवा पुष्कर भण्डारीले जानकारी दिए । उनले भने “पर्यटन प्रवद्र्धनका लागि संस्था दर्ता गरेर सामूहिक रुपमा सञ्चालनको तयारी भएको छ ।”

पर्यटन प्रवद्र्धन र आकर्षणका लागि भन्दै स्थानीय युवा प्याराग्लाइडिङ व्यावसायिकरुपमा नै सञ्चालन गर्न लागेका हुन् । बैतडीमा रहेका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सके यहाँको विकास हुने अध्यक्ष भण्डारीको भनाइ रहेको छ ।

पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आएपछि नेपालकै गहिरो गुफा पतालभुमेश्वर, निङलाशैनी मन्दिर, रौलाकेदार मन्दिर, त्रिपुरासुन्दरी मन्दिर, जगन्नाथ मन्दिर, ईश्वरी गङ्गाधाम, मेलौली भगवती, भिटाकेदार मन्दिर, दोगडा धाम, देउलेक केदार, सिगास धुरा, त्रिवेणी धाम, डिलासैनी मन्दिर, ग्वाल्लेक केदारलगायतको समेत प्रचारप्रसार हुनेछ ।

भारतीय सहर दिल्ली, लखनउ नैनीताललगायत ठाउँमा घुम्न आउने पर्यटकलाई बैतडीमा भित्र्याउने लक्ष्य केन्द्रले राखेको छ । पर्यटक भित्र्याउन भारतका विभिन्न ठाउँमा रहेका प्याराग्लाइडिङ व्यवसायीसँग समन्वय गरिने बताइएको छ ।

विनोदसिंह बिष्ट, १८ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन १८ मंगलवार १२:४१ मा प्रकाशित

You can share this post!

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:०८

रामबहादुर थापा गण्डकी, ७ वैशाखः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा...

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...