back
NMB ad

यार्सा व्यापारीलाई स्कर्टिङमा चीन लगिने

Kumari bank ad

डोल्पा । बहुमूल्य जडीबुटी यार्सागुम्बा बिक्री वितरणका लागि छिमेकी राष्ट्र चीन लैजाने तयारी भइरहेको छ । यार्चागुम्बा सिजन सकिएलगत्तै सदरमुकाम दुनैमा यार्सागुम्बा बेच्न चीन जाने व्यापारीको घुइँचो लागेको छ ।

डोल्पाका लागि व्यापारिक नाका चीनमा बहुमूल्य जडीबुटी यार्सागुम्बा प्रतिकिलो रू। १५ लाखदेखि रू। ३० लाख मूल्यसम्ममा बिक्री वितरण हुने भएकाले व्यापारी यार्सा बेच्न आफैँ चीन जाने गर्दछन् । अघिल्ला वर्षमा यार्सागुम्बा व्यापारी माथि भएको करोडौं बराबरको लुटपाटका डरले गत वर्षदेखि प्रहरी सुरक्षामा यार्सागुम्बा व्यापारीलाई चीन लैजाने र ल्याउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

यार्सागुम्बा बिक्री गर्न चीन जाने व्यापारी ५० जनाभन्दा धेरै सदरमुकाममा जम्मा भएका र बुधबार प्रहरी स्कटिङमा व्यापारीलाई चीन लैजाने तयारी भइसकेको खड्काले बताए । प्रहरीले यार्सागुम्बा बेच्न चीन जाने व्यापारीलाई मङ्गलबारसम्मका लागि सदरमुकाम दुनैमा जम्मा हुन विभिन्न माध्यमबाट सूचना जारी गरेको थियो । प्रहरी आफैँ जाने भएकाले यस वर्ष व्यापारीलाई कुनै किसिमको चिन्ता नलिन आग्रह समेत गरेको छ । करीब सात दिनको पैदलयात्रा पछि व्यापारिक नाका चीन पुगिने गर्दछ ।

हरेक वर्ष यार्सागुम्बा सिजन सकिएलगत्तै यार्सा कारोबारका लागि मात्र निश्चित समयका लागि नाका खुल्ने गर्दछ । यार्सागुम्बा बेचेर व्यापारी नजिकिँदो दसँै तिहारमा बिक्री गर्न तथा घरायसी प्रयोजनका लागि भेडा, च्याङ्ग्रा, भाँडा, कपडालगायतका चाइनिज सामान समेत ल्याउने गर्दछन् ।

प्रकाशितः २०७३ साउन १८

वि.सं.२०७३ साउन १८ मंगलवार १३:३८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...