back
NMB ad

लाहुरे परियारले अपहरण गरी शेयर नामसारी गराएको खुलासा !

Kumari bank ad

काठमाडौं । लाहुरे सेक्युरिटिज कम्पनीका सञ्चालक श्रीकृष्ण परियार र उनको छोरो विशाल परियार मिलेर अन्य सञ्चालकहरु श्याम प्रसाद पाण्डे, पूर्णलाल रञ्जितलाई अपहरण गरी जबर्जस्ती हस्ताक्षर गर्न लगाई सबै शेयर बाबुछोराको नाममा गराएको खुलासा भएको छ । मजदुर आन्दोलनको बहाना बनाई करिब २ सय मजदुरलाई पैसा खुवाएर लाहुरेको कार्यालयमा नै बन्धक बनाई जबर्जस्ती शेयर नामसारीपत्रमा हस्ताक्षर गर्न लगाइएको पीडीतहरुले गुनासो गरेका हुन् ।

पूर्वसञ्चालक राजु कुमार कार्कीसँग लाहुरे सेक्युरिटिज किन्दा श्याम प्रसाद पाण्डेको ४२ प्रतिशत, श्रीकृष्ण परियारको ४२ प्रतिशत उनको छोरा विशाल परियारको ५ प्रतिशत, पुर्णलाल रञ्जितको १० प्रतिशत र गोपाल प्रसाद लामिछानेको एक प्रतिशत रहेकको थियो । कम्पनीको अध्यक्ष रहेका श्रीकृष्ण परियारले सुरुदेखि नै आफ्नो अनुकूलताको कारोबार देखाउने गरेको अन्य सञ्चालकहरुले बताए । श्रीकृष्ण परियार र उनको छोरोले आम्दानीलगायतका विवरणको माइन्युट गर्न नमानेको अरुले हिसाबकिताबको खोजी गर्दा विभिन्न बहानामा टार्ने गरेको उनीहरुको भनाइ छ । आम्दानी भएको रकम सबै बाबुछोराले कब्जा गर्ने र कम्पनीको कुनै निर्णय गर्नुपर्दा पनि एकल हस्ताक्षर गर्दै आएको उनीहरुले आरोप लगाएका छन् । आजको आर्थिक राष्ट्रिय दैनिकबाट ।

  प्रकाशितः २०७३ साउन २१

वि.सं.२०७३ साउन २१ शुक्रवार ११:०६ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...