back
NMB ad

ग्यास सिलिन्डरको एक करोडसम्मको बिमा

Kumari bank ad

काठमाडौं ।  ग्यास सिलिन्डर विस्फोट भएमा पीडितले एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् ।

एलपी ग्यास उद्योग संघले झन्डै दुई महिनाको तयारीपछि सिलिन्डर विस्फोट भए क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । संघको शुक्रबार बसेको बैठकले एउटा दुर्घटनाको क्षतिपूर्ति १ करोडसम्म व्यहोर्ने निर्णय गरेको अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए ।

ग्यास सिलिन्डर विस्फोटका घटना बढ्दै गएपछि उद्योगीले ४ असारमा विशेष भेला गरेर समान क्षतिपूर्तिको व्यवस्था लागू गर्ने निर्णय गरेका थिए ।

जुनसुकै कम्पनीको सिलिन्डर विस्फोट भएमा पनि पीडितले समान क्षतिपूर्ति पाउनेछन् । संघमा आबद्ध सबै उद्योगीलाई निर्णय कार्यान्वयन गर्न आइतबार पत्राचार गरिने अध्यक्ष घिमिरेले बताए आजका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सिलिन्डर विस्फोटबाट मृत्यु भएकाका प्रतिपरिवारलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिइनेछ । ‘एकजनाको मृत्यु भए परिवारले १० लाख, पाँचजनासम्मको मृत्यु भएमा ५० लाखसम्म क्षतिपूर्ति दिइनेछ,’ ग्यास उद्योग संघका अध्यक्ष भने । एउटै घटनामा ६ वा सोभन्दा बढीको मृत्यु भएमा ५० लाख रुपैयाँलाई नै दामासाहीले उपलब्ध गराइने उनले बताए ।

सिलिन्डर विस्फोटबाट भौतिक क्षति भएमा अधिकतम् ४० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराइनेछ । एउटा दुर्घटनामा त्यसभन्दा धेरै क्षति नहुने संघको बुझाइ छ  ।

विस्फोटबाट घाइते हुनेलाई १० लाखसम्मको उपचार खर्च दिइनेछ । उपचार गर्दागर्दै घाइतेको मृत्यु भएमा उपचार खर्च नघटाई मृतक परिवारले पाउने प्रतिव्यक्ति १० लाख वा अधिकतम् ५० लाख उपलब्ध गराइने उनले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ साउन २२

वि.सं.२०७३ साउन २२ शनिवार १०:२५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...