काठमाण्डौं । यो साता सुन प्रतितोला ५ सय रुपैयाँले बढे पनि चाँदी भने स्थिर रहेको छ। आइतबार प्रतितोला ५९ हजार रुपैयाँ रहेको सुन शुक्रबारसम्म ५९ हजार ५ सय रुपैयाँ पुगेको छ।
त्यस्तै चाँदी भने यो साता स्थिर रह्यो। बुधबार प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारसम्म घटेर ९ सय १० रुपैयाँमा झरेको छ। पहिलो दिन आइतबार पनि सोही मूल्यमै चाँदीको कारोबार भएको थियो।
यो साता सुनचाँदीको मूल्यले ३ वर्षयताकै उच्च रेकर्ड कायम गर्यो। २०७० भदौयता सुनको मूल्य ५९ हजार भन्दा तल रहेकोमा शुक्रबार ५९ हजार ५ सय रुपैयाँ पुगेको छ।
प्रकाशितः २०७३ साउन २२
वि.सं.२०७३ साउन २२ शनिवार १२:५६ मा प्रकाशित