back
NMB ad

बीस लाख फूलको बिरुवा भारतमा निर्यात !

Kumari bank ad

पाल्पा । तानसेन नगरपालिका– ११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक रु २० लाख बराबरको फूलको बिरुवा भारतमा निर्यात हुने गरेको छ । व्यावसायिक फूलको खेती गर्न उपयुक्त रहेको पाल्पाबाट भारतमा ठूलो मात्रामा निर्यात हुने गरेको छ ।

फूलका बिरुवा भारतका अलावा नेपालका विभिन्न स्थानमा समेत निर्यात हुँदै आएको छ । गर्मी र चिसो दुबै मौसममा पाल्पामा व्यावसायिक फूलखेती गरिन्छ ।

नेपालका घरमा अहिले सजावट र होटल तथा पाहुनाको स्वागतका लागि पनि पाल्पामा हुर्किएको फूलको बिरुवा निर्यात भएको गुप्ता नर्सरी पाल्पाका प्रोपराइटर राजेश गुप्ताले बताउनुभयो । अहिले मानिस सजिसजाउ घर, हरियो र रङ्गीचङ्गी आँगन भएको हेर्न चाहन्छन् गुप्ताले भन्नु भयो ।

पछिल्ला पाँच सात वर्षदेखि फूलको व्यापार फस्टाएको छ । २०÷३० लाखदेखि करोडौँको घर बनाउँदा फूल आगन, ढोका, गेस्ट रुममा राख्ने प्रचलन बढेको छ । पाल्पामा गर्मी र जाडो दुबै मौसममा फूल उत्पादन गर्न सकिने भएकाले यहाँको फुलमा उपभोक्ताको आकर्षण थपिएको गुप्ताले बताउनुभयो ।

रुपन्देहीको ड्राइभरटोलमा २० वर्षदेखि फूलको व्यापार गर्दै आएको गुप्ता नर्सरी फार्मले गर्मी र अत्यधिक जाडोमा फुलको नर्सरी राम्रोसँग हुर्कने जनाएको छ । तानसेन प्रभास नजिकै रक्साहमा १३ रोपनी जग्गा लिजमा लिएर फुलको नर्सरी हुर्काएर बुटवल, नारायणघाट, भैरहवा, दाङ्, चितवन, नौतनवा, गोरखपुरमा समेत फुलको बिरुवा निर्यात हुने गरेको छ ।

पाल्पाबाट सयपत्री, पिटोनिया, डेन्थस, भर्विना, एन्थेनियम, पेन्जी, जेरनियम, भीङ्का, डालिया, गोदावरीलगायत २० थरीका फुल निर्यात हुने गरेको छ । प्रोपराइटर गुप्ताले एक हजार बिरुवा राखेकामा नौँ सय बिरुवा पाल्पामा राम्रोसँग हुर्कने र त्यसबाट कुल आम्दानीको ४५ प्रतिशतसम्म नाफा लिन सकिने बताउनुभयो ।

हाइब्रिड जातको फूलको व्यावसायिक खेतीबाट खर्च कटाएर ४५ प्रतिशत नाफा गर्न सकिने र यसको बजार सम्भावना जताततै बढ्दै गएको उहाँले बताउनुभयो ।

प्रकाशितः २०७३ साउन २२

वि.सं.२०७३ साउन २२ शनिवार १४:११ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...