back
NMB ad

माथिल्लो मर्स्याङ्दीको ५० मेगावाट बिजुली खेर जाने !

Kumari bank ad

काठमाडौं । समयमै प्रसारणलाइन नबनाउँदा आगामी भदौदेखि व्यावसायिक उत्पादन गर्न लागेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत् आयोजनाको बिजुली खेर जाने भएको छ ।

सिनो सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजनाको निर्माण सम्पन्न हुनै लागे पनि प्रसारणलाइनको अन्योलले विद्युत् खेर जाने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको मध्यमर्स्याङ्दीबाट तल्लो मर्स्याङ्दी जाने डबल सर्किट तथा मर्स्याङ्दीबाट डुम्रे हुँदै दमौली जाने १३२ केभीको प्रसारणलाइन सम्पन्न हुन कठिन देखिएपछि बिजुली खेर जाने देखिएको  छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले भने हाल उत्पादन हुने २५ मेगावाट बिजुली प्रसारणका लागि कुनै समस्या नहुने तर, चालू वर्षभित्र प्रसारणलाइन नबनेमा ५० मेगावाट बिजुली खेर जाने बताउँछन् ।

“२५ मेगावाट खेर जान नदिने गरी प्रसारण प्रणालीमा व्यवस्थापन गर्छौं, अर्को युनिट ४ महिनापछि मात्र आउने भएकाले हिउँदमा खेर जाँदैन,” उनले भने, “आगामी वर्षामा ठेकेदारले ढिलाइ गरेमा ठेक्का तोडेर नयाँ ठेकेदार नियुक्ति गरेर भए पनि बनाइ छाड्छौं ।”

आयोजनाका अनुसार, डुम्रेबाट दमौलीसम्मको निर्माणाधीन नयाँ प्रसारण लाइन असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि ठेकेदारको गतिले समयमै सम्पन्न हुने अवस्था छैन ।

हाल ६३ मध्ये ३१ वटा मात्रै टावर बनेको छ । यो प्रसारणलाइन बनेमा भने यहाँको बिजुली लेखनाथतिरको प्रसारणलाइनमा डाइभर्ट गर्न सकिने गरी अघि बढाए पनि त्यो पनि समयमै बन्न सक्ने अवस्था देखिएको छैन ।

६९ मेगावाटको मर्स्याङ्दीको दुई युनिट एकातिर र अर्को एक युनिट मात्र अर्कोतिर लाने मिल्ने भएकाले पनि विद्युत् प्रसारणमा थप समस्या छ । एक युनिटबाट यो आयोजनामा २३ मेगावाट बिजुली उत्पादन हुन्छ ।

मध्यमर्स्याङ्दीबाट तल्लो मर्स्याङ्दी जाने डबल सर्किटको काम सम्पन्न भए मात्र यस लाइनमार्फत २ सय ८० मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिन्छ । यो प्रसारणलाइन अझै २० किलोमिटर बढी बनाउन बाँकी छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ साउन २३

वि.सं.२०७३ साउन २३ आइतवार १०:०५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...