back
NMB ad

रुपन्देहीमा नयाँ जातको ‘सेतो मिल्की’ च्याउ खेती सुरु

Kumari bank ad

बुटवल । तराईको गर्मी मौसममा पनि उत्पादन राम्रो हुने भएपछि रुपन्देहीमा सेतो मिल्की च्याउको व्यावसायिक खेती सुरु गरिएको छ ।

जाडो सिजनमा मात्र कन्ये च्याउको खेती गरिँदै आएको तराई भेगमा च्याउको माग बढेसँगै त्यसको विकल्पमा सेतो मिल्की च्याउको परिक्षण पछि सुरुवात गरिएको हो । सामान्यतया ३७ देखि ४२ डिग्री तापक्रममा पनि सेतो च्याउबाट राम्रो उत्पादन लिन सकिने रुपन्देहीको गजेडीमा रहेको स्पन्जर च्याउ फर्मका अध्यक्ष गङ्गाधर शर्माले बताउनुभयो ।

च्याउको माग दैनिक रुपमा बढ्दै गएपछि गर्मी सिजनमा रुपन्देहीमा काठमाडौँ, पाल्पा, भारतबाट च्याउ आउने गरेको थियो । मिल्की च्याउको उत्पादनपछि अब अन्य जिल्लाबाट आयात गर्न नपर्ने शर्माले बताउनुभयो ।

किट विकास निर्देशनालयका कार्यक्रम निर्देशक हरिहर अधिकारीले च्याउ मुटु रोगी, क्यान्सरका रोगीलगायतलाई लाभदायक हुने, शतप्रतिशत प्राङ्गारिक र साकाहारीको उच्चस्तरको खाना मानिने भएकाले बजारमा यसको माग बर्सेनि बढ्दै गएको बताउनुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद्९नार्क० नेपालका वरिष्ठ वैज्ञानिक गोपालप्रसाद पराजुलीले सेतो मिल्की च्याउबाट अन्य जातको च्याउभन्दा बढी आम्दानी लिन सकिने बताउनुभयो । एक किलो परालमा राखेको बिउबाट एक किलो ५०० ग्राम उत्पादन लिन सकिने हुँदा कम लागतमा राम्रो उत्पादन मिल्ने उहाँले उल्लेख गर्नु भयो ।

प्रकाशितः २०७३ साउन २९

वि.सं.२०७३ साउन २९ शनिवार १५:०४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...