काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले शेयरधनीलाई ३० दशमलव ४ प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीको साउन २८ मा बसेको सञ्चालक समितिको बैंठकले ३० दशमलव ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले गत आवको मुनाफाबाट उक्त लाभांश दिने लागेको हो । बैंकको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।
प्रकाशितः २०७३ साउन ३०
वि.सं.२०७३ साउन ३० आइतवार १२:३० मा प्रकाशित