काठमाण्डौं । यातायत व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्स लिनका लागि उमेर बढाउन गृहकार्य सुरु गरेको छ। सवारी तथा यातायत व्यवस्था ऐन २०४९ लाई परिमार्जन गर्नका लागि विभागले गृहकार्य गरी चाँडै सो प्रस्ताव यातायत मन्त्रालयसमक्ष पेश गर्ने जनाएको छ।
विभागले पेश गरेको प्रस्तावमा मन्त्रालयले सरोकारवाला निकायहरुसँग छलफल गरि मन्त्रिपरिषद् बैठकमा ऐन परिमार्जनका लागि लैजाने छ।
१६ वर्ष उमेरमै लाइसेन्स लिएकाहरुले सवारी चलाउँदा धेरै दुर्घटना भएको, धेरै मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको र चालकहरुलाई सामान्य ट्राफिक ज्ञान नभएका कारण ऐन संशोधन गर्नका लागि आफूहरुले पहल गरिरहेको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए।
प्रकाशितः २०७३ भदौ ३
वि.सं.२०७३ भदौ ३ शुक्रवार १२:२३ मा प्रकाशित