back
NMB ad

प्रचण्डले मोदीलाई लेखेका चार सन्देश के के छन् ?

Kumari bank ad

काठमाण्डौ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको सन्देश भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा निधिले मोदीलाई एक चिठी नै दिएका हुन्। भेटपछि संक्षिप्त कुरा गर्दै निधिले मोदीसँय भेट असाध्यै सौहार्दपूर्ण रहेको बताए । तर, उनले विस्तृत बताउन चाहेनन्। आजको कान्तिपुरमा खबर छ।

निधिले मोदीसँग ३५ मिनेट सामूहिक र १५ मिनेट एक्लाएक्लै भेट गरेका थिए। स्रोतका अनुसार प्रचण्डको सन्दशमा विशेषतः चार महत्वपूर्ण बुँदा छन्। पहिलो प्रचण्डले आफ्नो सरकारको प्राथमिकता संविधानमा आवश्यक संशोधन गरी त्यसलाई सर्वस्वीकार्य बनाएर छिटो चुनावमा जाने उल्लेख गरेका छन्। त्यसका लागि मधेसी मोर्चा र जनजातीका अुन्तुष्टि सम्बोधन गर्ने गृहकार्य सुरु भइसकेको जनाएका छन्।

दोस्रो, नयाँ सरकार र भारतसँगको सम्बन्धलाई सुमधुर बनाउन तयार रहेको छ। विगतमा दुई देशबीचमा देखिएका केही असाझदारी पूर्ण रुपमा हटेको प्रचण्डले उल्लेख गरेका छन्।

तेस्रो, उच्चस्तरमा दुई पक्षीय भ्रमण गराउने प्रचण्डको सन्देश छ। यस्ता भ्रमणले दुई देशबीचको सम्बन्धले थप यचाई ग्रहण गर्ने उल्लेख गरिएको छ।

चौथो, नयाँ सरकार विकासका परियोजनालाई अगाडि बढाउन चाहन्छ र त्यसका लागि भारतको सहयोग आवश्यक पर्ने उल्लेख गरिएको छ।

प्रधानमन्त्री प्रचण्डले यसअघि नै भारतीय पक्षलाई आफूले अगाडि बढाउन चाहेका परियोजनाको सूची नै बुझाइसकेको स्रोतको भनाइ छ। आजको कान्तिपुरमा खबर छ।

प्रकाशितः २०७३ भदौ ५

वि.सं.२०७३ भदौ ५ आइतवार १०:०३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...