back
NMB ad

दुई मिनेटमै पाठ्यपुस्तक सित्तैमा

Kumari bank ad

काठमाण्डौं । गह्रौँ झोला बोकेर विद्यालय जानुपर्ने र समयमा पाठ्यपुस्तक प्राप्त हुने समस्याबाट अब भने विद्यार्थी प्रताडित हुनुपर्ने छैन ।  शिक्षकहरूले पनि समयमा पाठ्यक्रम र पाठ्यपुस्तक पाएनौँ भनेर गुनासो गर्न पाउने छैनन् ।  ग्याजेट र इन्टरनेटको सुविधा हुन सके बढीमा दुई मिनेटमै पाठ्यक्रम र पाठ्यपुस्तक सित्तैमा उपलब्ध हुनसक्नेछ ।

पाठ्यक्रम विकास केन्द्रले आइतबार सार्वजनिक गरेको ‘सीडीसीनेपाल’ नामक एप्सको प्रयोग गरी शिक्षक तथा विद्यार्थीले आफूलाई चाहेको शैक्षिक सामग्री औँलाले थिचेका भरमा तत्काल प्राप्त गर्न सक्नेछन् ।

यस्तो सुविधाबाट पाठ्यसामग्री प्राप्त गर्न एनरोइड सुविधा भएको मोबाइल फोन वा ट्याब्लेट आवश्यक छ ।  आईफोन वा आईप्याडमा भने यस्तो सुबिधा उपलब्ध हुन केही प्रतीक्षा गर्नुपर्ने केन्द्रको भनाइ छ ।

विनाविभागीय मन्त्री डीआर पौडेलले अब झोला बोकेर विद्यालय जाने प्रचलन हट्नुपर्छ र ग्याजेट बोके पुग्छ भन्दै थपे, “विद्यालय जाँदा झोला बोक्ने परिपाटी विश्वमै हट्दैछ ।  अब हामीहरूले पनि अनिवार्य रूपमा पाठ्यपुस्तकका ठेली बोकेर विद्यालय जानुपर्ने बाध्यताबाट विद्यार्थीलाई मुक्त गराउनै पर्छ।”

डाटाबाट एप्स डाउनलोड गर्दा सुरुमा बढीमा तीन रूपियाँ खर्च लाग्छ ।  केन्द्रले एप्समा थप सामग्री समावेश गर्दै जाने योजना बनाएको छ र डाउनलोड गरेपछि एप्स अटोअपडेट हुने सुविधा बनाइएको छ ।

केन्द्रले हाल कक्षा १ देखि १० सम्ममा पाठ्यक्रमलाई एप्समा राखेको छ ।  त्यस्तै कक्षा ६ देखि ९ सम्मका पाठ्यपुस्तकलाई पनि डीसीसीनेपाल एप्समा राखिएको छ।

केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्मकै पाठ्यक्रम र पाठ्यपुस्तकलाई राख्ने योजना रहेको जानकारी दिए।

केन्द्रले साधारण धारबाहेक प्राविधिकतर्फको कक्षा ९–१२ को पशुविज्ञान, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र वनस्पति विज्ञानको पाठ्यक्रम तथा पाठ्यसामग्रीलाई पनि एप्समा केही दिनमै समावेश गर्ने भएको छ ।  एप्समा शिक्षक निर्देशिका, मातृभाषाका पाठ्यसामग्री, शिक्षकका लागि थप सामग्री, पाठ्यक्रमसम्बन्धी सूचना तथा जानकारी लगायतको सुविधा छ ।

यसैबीच, केन्द्रले आइतबार पहिलोपटक पाठ्यक्रम दिवस मनाएको छ ।  त्यस अवसरमा विनाविभागीय मन्त्री डीआर पौडेलले प्रविधिमैत्री पाठ्यक्रम विकास गर्नुपर्ने बताए। आजको गोरखापत्रमा खबर छापिएको छ।

प्रकाशितः २०७३ भदौ ६

वि.सं.२०७३ भदौ ६ सोमवार १०:०३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...