काठमाण्डौं । साताको दोस्रो दिन आज सेयर बजारमा ३९ अंकको गिरावट आएकोछ । अधिकांश सूचकहरु झरेको दिन आज कारोबार रकम भने हिजोको भन्दा १८ करोडले बढेकोछ ।
आज कारोबारमा आएका सबै समूह ओरालो लागेपछि बजार राताम्मे भएको हो । सोमबार नेप्से ३९.३१ अंकले झरेर १६८३.१२ विन्दुमा पुगेको छ । आज बजारमा १४० कम्पनीको ८६ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
इन्भेष्टमेण्ट बैंकको सेयर धेरै बिक्री भएको आज दुई कम्पनी सिद्धार्थ डेभलपेमन्ट बैंक र हाम्रो विकास बैंकको सेयर मूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । त्यस्तै, रिलायबल माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनीका लगनाीकर्ताहरुले कमाएका छन् ।
– ६ भदौ २०७३, ३।३०
वि.सं.२०७३ भदौ ६ सोमवार १५:३७ मा प्रकाशित