back
NMB ad

अस्थायी शिक्षकले अवकाशका लागि निवेदन दिन सक्ने

Kumari bank ad

काठमाडौं । उपदान रोज्ने मनस्थिति बनाइसकेका अस्थायी शिक्षकले अवकाशका लागि अहिले नै निवेदन दिनसक्ने शिक्षा मन्त्रालयले प्रस्ट गरेको छ ।

शिक्षा मन्त्रालय र युनिसेफले पत्रकारका लागि आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले नयाँ शिक्षक विज्ञापनको दरखास्त दिने अन्तिम मितिसम्म प्रतिस्पर्धामा जाने वा उपदान सुविधा लिई छाड्ने भन्नेबारेमा स्वेच्छाले घोषणा गर्न सकिने बताए ।

‘उपदान रोज्न चाहने शिक्षक निवेदन बोकेर शिक्षा मन्त्रालयमा आउन थालेका छन्, उपदान नै लिएर बस्छु भन्ने निर्णय गरिसकेका शिक्षकले शिक्षक नियुक्तिको नयाँ विज्ञापनसम्म प्रतीक्षा गरिरहनु पर्दैन,’ उनले भने । उनले तत्काल जागिर छाड्न चाहने त्यस्ता शिक्षकलाई निवेदन दिएलगत्तै उपदान रकम दिई बिदा गर्न केही समय लाग्ने स्पष्ट गर्दै भने, ‘पछि बोलाएर रकम भुक्तानी गर्छौ ।’

देशभरिमा २८ हजार शिक्षक पदका लागि सरकारले विज्ञापन गर्ने तयारी गरेको छ । हाल कार्यरत अस्थायी शिक्षकलाई उमेरको हदबन्दी नलागे पनि उनीहरूलाई शिक्षक छनोटको परीक्षा वा उपदानमध्ये एउटा रोज्न सक्ने अवसर दिइने भएको छ। परीक्षा रोजेका शिक्षक असफल भएमा उपदान नपाउने स्पष्ट व्यवस्था गरिएको छ । आजको गोरखापत्र दैनिकबाट ।

प्रकाशितः २०७३ भदौ ९

वि.सं.२०७३ भदौ ९ बिहीवार १०:१६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...