back
NMB ad

गरिबी निवारण कोषले गर्ने भयो ५८ जिल्लामा पौने चार अर्ब लगानी

Kumari bank ad

काठमाडौं । गरिबी निवारण कोषले चालू आर्थिक वर्षमा ५८ वटा जिल्लामा ३ अर्ब ८२ करोड २८ लाख रुपैयाँ लगानी गर्ने भएको छ । कोषले नियमिततर्फ ५५ र सिर्जनशीलतर्फ ३ जिल्लामा गरी ५८ जिल्लामा लगानी गर्ने भएको हो ।
कोषले यो बजेट अन्तर्गत २५ सय ६२ आय-आर्जन, २ सय ८ सामुदायिक भौतिक पूर्वाधार परियोजना, ७० पकेट क्षेत्र विकास र ६० सहकारी संस्था सञ्चालनलगायतका कार्यक्रममा सहयोग गर्ने योजना बनाएको छ ।

त्यसैगरी, कोषले भूकम्प प्रभावित १३ वटा जिल्लामा पनि पुनर्निर्माण वर्षकारुपमा प्राथमिकताका साथ कार्यक्रम बढाउने बताएको छ ।

यही भदौ ७ र ८ गते काठमाडौंमा आयोजना भएको कोषको वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा कोषका कार्यकारी निर्देशक नहकुल केसीले उक्त जानकारी दिएका हुन् । उनले कोषको ६३ औं सञ्चालक समिति बैठकले समेत उपरोक्त बजेट तथा कार्यक्रम अनुमोदन गरिसकेको जानकारी दिए ।

कोषले हालसम्म ५५ कार्यक्रम जिल्लामा २९ हजार सामुदायिक संस्थाहरु गठन गरी ८ लाख गरिब घरधुरीलाई कार्यक्रममा समेटेको छ । कोषका कार्यक्रमबाट लाभान्वित हुने कुल सदस्यहरुमध्ये ७८ प्रतिशत महिला छन् भने जातिगत हिसावले २५ प्रतिशत जनजाति र २६ प्रतिशत दलित रहेका छन् ।

प्रकाशितः २०७३ भदौ ९

वि.सं.२०७३ भदौ ९ बिहीवार १०:५९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...