back
NMB ad

राष्ट्र बैंकले ग¥यो कडाई, अब सेयर धितो कर्जा ५० प्रतिशत मात्रै

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने कर्जामा कडाइ गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले अब संस्थापक शेयर धितो कर्जामा ५० प्रतिशतमात्रै ऋण पाउने भएका छन् ।

बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भएबमोजिम एकीकृत निर्देशन २०७२ का व्यवस्थालाई संशोधन गर्दै शेयर र घरजग्गा तथा रियल स्टेट धितोमा दिइने मार्जिन लेन्डिङमा कडाई गरेको हो ।

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा पछिल्लो १८० दिनको औसत मूल्य या प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको ५० प्रतिशत मात्र कर्जा लगानी गर्न पाउनेछन् । यसअघि १८० दिनको औसत या प्रचलित बजार मूल्यमा जुन कम हुन्छ त्यसको आधारमा बैंकहरु आफैंले जोखिमको मूल्यांकन गरी लगानी गर्नसक्ने व्यवस्था थियो ।

त्यस्तै राष्ट्र बैंकले घर जग्गा तथा रियल स्टेट धितोमा प्रवाह गर्ने कर्जाको सीमासमेत घटाएको छ । रियल स्टेट धितोमा कर्जा लगानी गर्दा बजार मूल्यको ५० प्रतिशत र आवासीय घर कर्जा ६० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

कर्जा प्रवाहमा कडा रुपमा प्रस्तुत भएको राष्ट्र बैंकले रकम भुक्तानीमा पनि कडाई गरेको छ । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले अनिवार्य एकाउन्टपेयी चेक काट्नु पर्ने रकमको सीमा पनि घटाएको छ । नयाँ व्यवस्थाअनुसार ३० लाखभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा एकाउन्टपेयी चेकमार्फत गर्नुपर्नेछ । यसअघि यसको सीमा ५० लाख रुपैयाँ थियो ।

प्रकाशितः २०७३ भदौ ९

वि.सं.२०७३ भदौ ९ बिहीवार १४:२३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...