काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले साढे १० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको २४१औं बैठकले लगानीकर्तालाई साढे १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५५ प्रतिशतका दरले नगद लाभांस दिने पनि प्रस्ताव गरेको हो ।
हाल २२ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको बोनस शेयरपछि चुक्तापूँजी २४ करोड माथि पुग्नेछ ।
गत आर्थिक बर्ष कम्पनीले ३ करोड २ लाख रुपैयाँ नाफा गरेको थियो । त्यस्तै कम्पनीले सो अवधिमा निक्षेपमा १३ दशमलव ०८ प्रतिशतले वृद्धि गरी १ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ संकलन गरेर कर्जामा १ अर्ब ४५ करोड २९ लाख रुपैयाँ लगानी गरेको छ ।
प्रकाशितः २०७३ भदौ ३
वि.सं.२०७३ भदौ १० शुक्रवार १४:१२ मा प्रकाशित