back
NMB ad

कसरी भित्रियो त ? नेपालमा एक वर्षमा १५ अर्ब वैदेशिक लगानी !

Kumari bank ad

काठमाण्डौं । आर्थिक वर्षमा नेपालमा १५ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी भित्रिएको छ । एक वर्षमा उद्योग विभागले रु. १५ अर्ब १४ करोडको वैदेशिक लगानी प्रतिवद्धता भएका कुल ३४१ वटा विदेशी संयुक्त लगानीका परियोजनाहरुलाई स्वीकृति प्रदान गरेको हो । प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता रकममा अघिल्लो आर्थिक वर्षको तुलनामा ७७.५ प्रतिशतले ह्रास आएको हो । वैदेशिक लगानीका परियोजनाको संख्यामा पनि ७.३ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष विभागले ६७ अर्ब ४२ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता भएका कुल ३६८ वटा परियोजनाहरुलाई स्वीकृति प्रदान गरेको थियो ।

देशगत रुपमा विश्लेषण गर्दा समीक्षा वर्षमा सबैभन्दा बढी चीनबाट १२५, दक्षिण कोरियाबाट ५५, संयुक्त राज्य अमेरिकाबाट ४०, भारतबाट २३, जापानबाट १८, संयुक्त अधिराज्यबाट ११ र अन्य देशहरुबाट ६९ गरी कुल ३४१ परियोजनाहरुलाई स्वीकृति प्रदान गरिएको छ । स्वीकृत परियोजनाहरुबाट कुल ११४२६ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ ।

विनाशकारी भुकम्पको प्रभावका कारण नेपालमा लगानी गर्न विदेशीहरु हच्किएका हुन् । साथै, गत वर्ष भएको तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण पनि विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गर्नु असुरक्षित मान्न थालेका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्षमा सेवा सम्बन्धी परियोजनाको संख्यामा वृद्धि भएको छ भने उत्पादन, पर्यटन र उर्जा सम्बन्धी परियोजनाहरुको संख्यामा कमी आएको छ ।

प्रकाशितः २०७३ भदौ ११

वि.सं.२०७३ भदौ ११ शनिवार ११:५१ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...