काठमाडौं । बाग्मती नदिमा शनिबार र्याफ्टिङ गरिएको गरिएको छ। कुनै समय फोहोरको पर्याय बनेको पवित्र बागमतीमा बागमती साफाई अभियानको १३३ श्रृंखला अन्तरगत शनिबार र्याफ्टिङ गरिएको हो । जसमा बिभिन्न देशका राजदूत पनि सहभागी भएका छन् ।
जोरपाटीस्थित हत्यमोचन घाटदेखि गुह्येश्वरी मन्दिर छेउसम्मको जम्मा ३.५ कि.मी. को दुरीमा गरिएको र्याफ्टिङ कार्यक्रममा २१ वटा बोटमा १७० जनाले जलबिहार गरेका थिए ।
प्रकाशितः २०७३ भदौ ११
वि.सं.२०७३ भदौ ११ शनिवार १७:२१ मा प्रकाशित