back
NMB ad

विदेशका जेलमा ८६३ नेपाली !

Kumari bank ad

काठमाण्डौं । पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरू भयो। मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो। त्यसमा तिमल्सिनालाई दोषि ठहर गर्दै अदालतले ब्लडमनीवापत पीडित परिवारलाई ३ लाख साउदी रियाल झन्डै ८७ लाख रूपैयाँ दिनुपर्ने फैसला सुनाएको थियो।

नेपाली दूतावासले पठाएको प्रतिनिधि र पीडित पक्षबीच भएको छलफलमा एक लाख २० हजार रियाल तिर्नुपर्ने सम्झौता भएपछि एनआरएन साउदीले रकम संकलन सुरू गरेको थियो।

यसको चौतर्फी चर्चा हुन थालेपछि प्रधानमन्त्री दाहालले खाडीको जेलमा रहेका नेपालीको यथार्थ बुझ्न चाहे।

परारष्ट्र सचिव शंकर वैरागीलाई प्रधानमन्त्रीले सोधे विदेशका कुन देशमा कति नेपाली जेलमा छन्रु त्यसै अनुसार  बढी नेपाली जाने देशमा दूतावासले जेलमा रहेका नेपालीको तथ्यांक अपडेट गरिरहेको खबर आजको कान्तिपुरमा छापिएको छ।

खाडीको जेलमा श्रम मामलाको विवादसँग जोडिएका नेपाली मात्रै छैनन्। फौजदारी मुद्दाका संवेदनशिल अभियोगमा  पनि वर्षौदेखि थुनिएका छन्। खाडीका दूतावासहरूले पछिल्लो समय तयार पारेको प्रतिवेदनअनुसार एक हजारभन्दा बढी नेपाली जेलमा छन्। जसमा ८६३ फौजदारी अभियोगमा जोडिएका छन्। बाँकी करिब दुई सय नेपाली घर फिर्ति केन्द्रमा नेपाल आउने दिनको कुराइमा छन्।

प्रकाशितः २०७३ भदौ १२

वि.सं.२०७३ भदौ १२ आइतवार १०:१३ मा प्रकाशित

You can share this post!

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...