back
NMB ad

सूर्योदयको आईपिओ खुल्यो, हेर्नुहोस् कहाँ–कहाँबाट भर्ने आवेदन !

Kumari bank ad

काठमाण्डौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर निस्कासन (आईपिओ) तथा बिक्री आजबाट खुला भएको छ।

१ सय अंकित दरका १ लाख २० हजार कित्ता सेयर बिक्री खुलेको हो। जसमध्ये ६ हजार कित्ता सामुहिक लगानी कोष र ४ हजार ८ सय कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ।

भदौ १५ गतेसम्म चाँडोमा सेयर बिक्री खुला रहने प्रवद्र्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। ५ हजार रुपैयाँ अर्थात ५० कित्तादेखि १ लाख रुपैयाँ अर्थात १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

डिम्याट खाता भएका आवेदकले मात्रै सेयरका लागि आवेदन दिन सक्ने छन्। अन्यथा बाँडफाँडमा समावेश नगर्ने ग्लोबल आईएमईले जनाएको छ। इच्छुकले ग्लोबल आईएमई बैंकका सिनामंगल, सुकेधारा, पुल्चोक, नखु, सुर्यविनायक, बनस्थलीका शाखाहरुबाट आवेदन दिन सक्ने छन्।

त्यस्तै ज्योति विकास बैंकका कमलादी, कोटेश्वर, सरस्वतिनगर, जोरपाटी, नयाँ बानेश्वर, प्रयागपोखरी, ग्लोबल आईएमई क्यापिटल नाचघर, सूर्योदय लघुवित्तका पुतलीबजार स्याङ्जा, लमजुङ तथा पर्वतबाट आवेदन दिन सकिनेछ।

ग्लोबल आईएमई बैंकका पोखरा न्यूरोड, हेटौंडा, बिराटनगर, नेपालगञ्ज, बिर्तामोड, धनगढी लगायतका क्षेत्रबाट पनि आवेदन दिन सकिनेछ।

प्रकाशितः २०७३ भदौ १२

वि.सं.२०७३ भदौ १२ आइतवार ११:१९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...