back
NMB ad

बाँदरले दुख दिएपछि अन्नबाली छोडी कागती खेतीतर्फ !

Kumari bank ad

पाल्पा । बाँदरको आतङ्कबाट पीडित ग्रामीण भेगमा कृषक अन्नबाली छोडी व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । मकै, गहुँ, तरकारीलगायत खेतीमा बाँदरले नोक्सान पु¥याएकाले उनीहरुले व्यावसायिक रुपमा कागती खेती सुरु गरेका हुन् ।

देउरालीका कृषक कृष्णप्रसाद गौतमले बारीमा एक सयभन्दा बढी कागतीको बिरुवा लगाउनुभएको छ । उहाँले मकै र अन्य तरकारी खेती छाडेर यस वर्षदेखि कागती खेती सुरु गर्नुभएको हो । छहरा अम्लाबासका कृषक बोधराज पोखरेलले पनि अन्य फलफूल खेती गर्न छोडेर कागती खेती सुरु गर्नुभएको छ ।

दुई वर्षयता जिल्लाका कृषकले व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । अन्य बाली तथा फलफूल लगाउँदा बाँदरबाट जोगाउन कठिन भएका कारण अमिलो जातको फलफूलतर्फ आकर्षित हुन बाध्य हुनुभएका ठिमुरेका कृषक कमल खनाल भन्नुहुन्छ– “बारीमा मकै लगायो बोटमा घोगा लाग्न नभ्याउँदै बाँदरले खेती नष्ट गरिदिन्छ ।”
जिल्लाका ५० भन्दा बढी गाविसका कृषकलाई बाँदरले सताएको छ । यम्घाकी कृषक वसन्ती बस्याल पनि बाँदरबाट हैरान भएर अहिले अमिलो जातको फलफूल लगाउन थालेको बताउनुहुन्छ । मकै, गहुँ, कासेबाली, मेवा, सुन्तला बादरबाट जोगाउन नसकिएको उहाँले बताउनुभयो ।

प्रकाशितः २०७३ भदौ १२

वि.सं.२०७३ भदौ १२ आइतवार १४:१४ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...