काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ङादी ग्रुप पावर लिमिटेडको शेयर कारोबार खुलेको छ ।
कम्पनीले गत चैत २१ देखि २४ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि ९ लाख ७३ हजार सात ७३७ कित्ता सेयर निष्कासन गरेको थियो भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख ८६ हजार ८ सय ८६ कित्ता गरी कुल १४ लाख ६० हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
नेप्सेले कम्पनीको प्राईस रेन्ज प्रतिकित्ता ९२ रुपैयाँदेखि २७७ रुपैयाँ तोकेको छ ।
ङादी ग्रुपको हाल चुक्तापूँजी ३४ करोड ८ लाख ७ हजार ५ सय रुपैयाँ रहेको छ । कम्पनीले लमजुङमा पाँच मेगावाट क्षमताको सिउरी खोला जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यो आयोजनाबाट विद्युत उत्पादन सुरु भइसकेको जानकारी कम्पनीले दिएको छ ।
प्रकाशितः २०७३ भदौ २२
वि.सं.२०७३ भदौ २२ बुधवार १३:३१ मा प्रकाशित