back
NMB ad

बोनस खाने लोभमा ५३ सय कर्मचारीको जागिर चट

Kumari bank ad

काठमाडौं । अमेरिकाको बैंकिङ नियमक निकाय कन्जुमर फाइनान्सियल प्रोटेक्सन ब्यूरोका अनुसार वेल्स फार्गोका कर्मचारीहरुले आफ्ना ग्राहकहरुसँग अनुमति नै नलिएर उनीहरुको नाममा लाखौं नक्कली बैंक खाता खोलेको पाइएको छ ।

वेल्स फार्गोले आफ्ना कर्मचारीहरुलाई धेरै खाता खोले त्यसअनुसार बोनस दिने योजना ल्याएको थियो ।

बोनसका लागि त्यहाँका कर्मचारीहरुले सन् २०११ देखि लाखौं मानिसको नाममा उनीहरुको स्वीकृति विना बैंक अकाउन्ट अनाधिकृत रुपमा खोलेको पाइएको छ । नयाँ खाता खोलेर त्यसमा रकम ट्रान्सफर गर्न उनीहरुले नक्कली इमेल समेत बनाएका थिए ।

सीएफपीबीका अनुसार वेल्स फार्गोका कर्मचारीले आफ्ना ग्राहकको अनुमति विना उनीहरुको नाममा १५ लाख नयाँ एकाउन्ट खोलेका छन् । साथै उनीहरुले ५ लाख ६५ हजार ४३३ क्रेडिट कार्डका लागि नक्कली निवेदन समेत बनाएका छन् । जसमध्ये १४ हजारले ४ लाख भन्दा बढी शुल्क तिर्न बाँकी रहेको देखिएको छ ।

वेल्स फार्गोले गल्ती स्वीकार गरेको छ र यसमा संलग्न ५ हजार ३०० को जागिर गएको छ ।

२०११ मा स्थापना भएको बैंकिङ नियमक निकाय कन्जुमर फाइनान्सियल प्रोटेक्सन ब्यूरोले वेल्स फार्गोलाई १८५ मिलियन डलर जरिवाना तोकिएको छ । र, आफ्ना ग्राहक, जसको अनुमति विना खाता खोलेर रकम निकालिएको थियो, उनीहरुलाई ५ मिलियन डलर फिर्ता गर्न भनिएको सीएनएनले जनाएको छ ।

प्रकाशितः २०७३ भदौ २७

वि.सं.२०७३ भदौ २७ सोमवार १४:२१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...