back
NMB ad

सिद्धार्थ यातायातको बुद्ध सर्किट टुर प्याकेज, साढे पाँच सय रुपैयाँमा लुम्बिनी घुम्न पाइने

Kumari bank ad

लुम्बिनी । सिद्धार्थ यातायात व्यवसायी समितिले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै टुर प्याकेज प्रारम्भ गरेको छ ।

समितिले विश्व शान्तिका अग्रदूत शाक्यमुनि गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्धसँग जोडिएका क्षेत्रको अवलोकन गराउने उद्देश्यले गत शनिबारदेखि टुर प्याकेजको प्रारम्भ गरेको हो ।

प्रत्येक शनिबार सार्वजनिक बिदाको दिन आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी टुर प्याकेज सञ्चालन गरिएको सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सूर्यकुमार सारुमगरले बताउनुभयो । बुद्ध सर्किट अवलोकन गर्ने इच्छा भएर पनि सवारीसाधनको अभावमा पर्यटकलाई लुम्बिनीबाहेक बुद्धसँग जोडिएका क्षेत्रको अवलोकन गर्न कठिन भएकाले उक्त प्याकेज सञ्चालन गरिएको उहाँको भनाइ छ ।

हरेक हप्ताको शनिबार लुम्बिनीको प्रवेशद्वार भैरहवाबाट बिहान ७ बजे बस छुट्ने गरी बुद्ध सर्किट भ्रमण सुरु हुनेछ । भैरहवाबाट सुरु भएको यात्रा लुम्बिनी हुँदै बुद्धसँग सम्बन्धित क्षेत्रको अवलोकन गर्दै पुनः भैरहवा फर्किएपछि सकिनेछ । करिब दुई घन्टा लुम्बिनी दर्शनपश्चात् यात्रुलाई केहीबेर खाना खुवाई बुद्ध सर्किटसँग जोडिएका क्षेत्र कपिलबस्तु जिल्लामा पर्ने कुदान, गोटिहवाको अवलोकन गराइनेछ ।

गोटिहवापछि कपिलवस्तुको निग्लिहवा हुँदै जगदीशपुर ताल भ्रमण गराइने, करिब आधा घन्टाको ताल अवलोकनपछि बुटवलस्थित ऐतिहासिक जितगढी किल्लामा घुमाइने र अन्तममा रुपन्देहीको तिलोत्तमा नगरपालिका मधवलियास्थित अस्ट्रिच फर्मको अवलोकन गराई साँझ भैरहवाको बुद्धचोक फर्काइने योजना रहेको छ । बुद्ध सर्किटका लागि ३५ सिट क्षमताको डिलक्स बस सञ्चालन गरिएको र यसमा प्रतिव्यक्ति रु ५५०।– भाडा तोकिएको अध्यक्ष सारुमगरले बताउनुभयो ।

पहिलो चरणको यो कार्यक्रम सफल भई पर्यटकको माग बढे छिट्टै रामग्राम हुँदै आरामदायी बस सञ्चालन गरिने र यसका लागि आवश्यक पर्ने पर्यटक प्रदर्शक लागि लुम्बिनी विकास कोष र पर्यटन मन्त्रालयसँग छलफल भइरहेको र दोस्रो प्याकेज टुर मनकामना दर्शन अर्को शनिबारदेखि प्रारम्भ हुने भएको छ ।

प्रत्येक शनिबार बिहान ५ बजे देवकोटा चोकबाट आरामदायी सानो बस (हायस÷विङ्गर) मनकामना दर्शनका लागि छुट्नेछ भने साँझ ४ बजे कुरिनटारबाट भैरहवाका लागि फर्किनेछ । भैरहवा र आसपासमा बसोबास गर्नेले सहज रुपमा आफूले चाहेको स्थानमा भ्रमण गर्न नसकेकाले समिति आफैँले टुर प्याकेजको कार्यक्रम बनाएको हो ।

प्रकाशितः २०७३ भदौ २७

वि.सं.२०७३ भदौ २७ सोमवार १५:३२ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...