back
NMB ad

साइकल वा रिक्सा चालाउँदै हुनुहुन्छ ? ट्राफिक नियम मिच्दा प्रहरीको कारबाहीमा परिएला

Kumari bank ad

काठमाण्डौं । साइकल, रिक्सा अथवा ठेलागाडा चलाउँदै हुनुहुन्छ ? यदि हो भने तपाईले पनि अब सम्पूर्ण ट्राफिक नियम पालना गर्नुपर्नेछ। सडकमा ट्राफिक नियम मिच्नुभयो भने तपाई पनि कारबाहीमा पर्नुहुनेछ।

संशोधन भएर आउन लागेको सवारी तथा यातायात व्यवस्था ऐनमा दर्ता नभईकन सञ्चालनमा आउने साइकल, रिक्सालाई पनि ट्राफिक नियमको पालना गर्नुपर्ने वाध्यात्मक व्यवस्था हुन लागेको छ।

यदि त्यस्ता साधानले नियम उल्लंघन गरेमा अन्य चार पांग्रे सवारी चालकलेजस्तै सजाय भोग्नुपर्ने व्यवस्था ऐन संशोधनमा प्रस्ताव गरिएको छ।

संसदमा दर्ता भइसकेको संसोधनमा भने त्यस्तो संकेतको पालना नगरे सजाय किटान गरिएको छ। ऐनको धारा १७४ मा गरिएको उक्त संसोधन प्रस्तावमा ऐन बमोजिम दर्ता गर्नु नपर्ने वा चालक अनुमतिपत्र लिनु नपर्ने अवस्थाका सवारीको रुपमा प्रयोग हुने साईकल, रिक्सा, ठेला जस्ता साधन चलाउँदा निर्धारित ट्राफिक संकेतको पालना गर्नु पर्ने बाध्यात्मक व्यवस्था गरेको छ।

अब साइकल, रिक्सा तथा ठेला चालकको कमजोरीको कारण कसैको ज्यान गएमा त्यस्तो चालकलार्ई एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ।

प्रकाशितः २०७३ असोज १

वि.सं.२०७३ असोज १ शनिवार ११:४५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...