back
NMB ad

२० हजार धरौटी नतिर्दा ६ वर्षीय बालक जेलमा

Kumari bank ad

काठमाण्डौं । मानव बेचविखन तथा ओसारपसार मुद्दामा कारागार चलान भएको एक महिला २० हजार धरौटी रकम तिर्न नसक्दा ६ वर्षीय छोरासहित जेलमा बस्न बाध्य भएकी छिन्।

नवलपरासी कावासोती घर र लमजुङको बिचौर माइती बताउने ३५ वर्षीय सुकमाया मिजारसँगै उनका ६ वर्षीय छोरा सुजन मिजार जेलमै बस्न बाध्य बनेका हुन्

लमजुङ जिल्ला अदालतले २०७३ भदौ ८ गते उनीमाथि लागेको मानव बेचविखन तथा ओसारपसार मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो। उक्त रकम जुटाउन नसकेपछि उनी छोरासहित जेल परेकी हुन्।

‘घरमा पनि आउने बाटो केही छैन,’ उनले भनिन्,‘त्यती ठूलो रकम कसरी जुटाउनेरु’, उनले आफू कुनै अपराध नगरेको तर कानुन मान्न तयार रहेको बताइन्।

आमासँगै जेलमा बस्दा सुजनको पढाइ प्रभावित भएको छ । ‘छोराको बारेमा चिन्ता छ,’ उनले भनिन्,‘ पढ्ने बेला छोरालाई आफूसँगै जेलमा राख्नुपर्दा ज्यादै चिन्तित छु।’

बालबालिकालाई जेलमा राख्न नपाउने प्रावधान भए पनि उनको उद्धारको लागि बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायबाट भने खासै चासो देखाइएको छैन।आजको अन्नपूर्णमा दीपक अधिकारीले लेखेका छन्।

प्रकाशितः २०७३ असोज ३

वि.सं.२०७३ असोज ३ सोमवार १०:२१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...