back
NMB ad

२६ अंकले बढ्यो नेप्से, सेयर कारोवारमा एभरेष्ट बैंक अगाडि

Kumari bank ad

काठमाडौं । केही समय यता लगातार ओरालो लागेको नेप्से परिसुचक आज उकालो लागेको छ । हिजो ३६ अंकले झरेको सेयर बजार आज साढे २६ अंकले रिभर्स भएको छ । बजार १७५७ अंकमा पुगेर बन्द भएको छ । बजारमा १३२ कम्पनीको एक अर्ब सात करोड रुपैयाँको किनबेच भएको छ ।

सबै उपसुचकहरु हरियो भएका छन् । बैकिङ ३१.७६, होटल ५४ अंक, विकास बैंक १८, जलविद्युत २१.७३, फाइनान्स ८ अंक. बिमा ८७ र अन्य साढे नौं अंकले बढेको छ ।

सबैभन्दा वढि ङादी ग्रुप पावरको ९.९३ अंकले बढेको छ । राप्तिभेरी विकास, आइएलएफसिओ माइक्रोफाइनान्स, एभरेष्ट कन्भर्टेवल प्रिफरेन्स र नेरुडे लघुवित्तको सेयर मूल्य पनि धेरै वढेको छ ।

बजार बढ्दासमेत पोखरा फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, नमस्ते वित्तीय संस्थाको सेयर मूल्य झरेको छ ।

बम्पर लाभांस घोषणाको चर्चाले एभरेष्टको २२ करोड ७७ लाख रुपैयाँको किनबेच भएको छ । बैंकले आफ्ना लगानीकर्तालाई ४० प्रतिशतभन्दा बढी बोनस दिने तयारी गरिरहदा त्यसप्रति आकर्षण बढेको हो । एनबी बैंकको १० करोड ४७ लाखको सेयर कारोबार भएको छ ।

प्रकाशितः २०७३ असोज १०

वि.सं.२०७३ असोज १० सोमवार १५:४४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...