back
NMB ad

दशैंका लागि मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिदैं

Kumari bank ad

मुस्ताङ । नेपालीको महान् पर्व बडादशैं र तिहारलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरि जिल्लामा पठाइने छ ।

जिल्ला पशुसेवा कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट मात्रै ४५ हजार सङ्ख्यामा भेडा च्याङ्ग्रा बाहिरिने भएका हुन् । मुस्ताङबाट म्याग्दी, पर्वत, बागलुङ, पोखरा, काठमाडौँ, तनहुँलगायतका जिल्लामा भेडा च्याङ्ग्रा बिक्री हुने गरेका छन् ।

हिमाली भेगमा हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिलो हुने भएकाले देशका विभिन्न बजारमा यसको माग उच्च रहेको छ । अहिले सामान्यतया २० देखि ४० किलोग्रामका च्याङ्ग्रा बजारमा गएको र एउटाको मूल्य न्यूनतम १५ हजारदेखि ३० हजार रुपैयाँसम्म पर्ने गरेको जिल्ला पशुसेवा कार्यालय मुस्ताङका प्रमुख नन्दलाल बर्माले जानकारी दिए ।

विगतका वर्षमा तिब्बतबाट समेत भेडा, च्याङ्ग्रा आउने गरेको भएपनि यस वर्ष जिल्लाकै उत्पादनले पुग्ने भएकाले बाहिरबाट ल्याउन रोक लगाएको बर्माले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष भेडा च्याङ्ग्राको मूल्यमा समेत वृद्धि भएको छ । गत वर्ष १५ हजारमा च्याङ्ग्रा बिक्री हुँदै आएकोमा यस वर्ष भने व्यापारीले मुस्ताङमै २० हजारमा बिक्री गर्दै आएका छन् ।

बर्से्नि बडादशैंका लागि चीनबाट समेत आउने भेडा च्याङ्ग्रा यसपटक आउन नसकेपछि  अभाव हुने  देखिएको छ ।

प्रकाशितः २०७३ असोज ११

वि.सं.२०७३ असोज ११ मंगलवार ११:५४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...