काठमाण्डौं । मंगलबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। सुन प्रतितोला २ सय र चाँदी ५ रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला ५८ हजार ९ सय रुपैयाँ रहेकोमा मंगलबार ५८ हजार ७ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै प्रतितोला ८ सय ८० रुपैयाँ रहेको चाँदी ८ सय ७५ मा झरेको महासंघले जनाएको छ।
प्रकाशितः २०७३ असोज ११
वि.सं.२०७३ असोज ११ मंगलवार १२:३९ मा प्रकाशित