back
NMB ad

नेपाल प्रहरी विश्वमै उत्कृष्ट, अन्तराष्ट्रिय पुरस्कार पाउने

Kumari bank ad

काठमाण्डौं । वन्यजन्तु चोरीसिकार नियन्त्रणमा योगदान पुर्‍याएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अन्तराष्ट्रिय पुरस्कार पाउने भएको छ ।

सन् २०१० देखि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐनअन्तर्गत रहेर नेपाल प्रहरीले गरेको योदानको कदर गर्दै ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’ प्राप्त गरेको हो ।

विश्वभरबाट प्रचलित कानुनको पालना गर्दै प्रभावकारी काम गरेको भन्दै आगामी ३ अक्टोबरमा व्युरोलाई अवार्ड वितरण गर्न लागिएको हो।

विश्वभरका प्रभावकारी काम गर्ने निकायहरुबीच प्रतिस्पर्धामा नेपालले गरेको काममा सफता हासिल गरेको भन्दै अवार्ड दिने निर्णय भएको अमेरिकाको वासिंगटन डीसीस्थित एनिमल वेलफियर इन्स्टिच्यूटका अध्यक्ष काथ्यी लिसले इमेलमार्फत जानकारी दिए।

इन्स्टिच्युटले हरेक वर्ष विश्वभरबाट उत्कृष्ट भएका निकायलाई पुरस्कृत गर्दै आएको छ । ‘नौ मुलुकमा भएका कामको विषयमा अध्ययन गरी यो पुरस्कार दिने निर्णयमा हामी पुगेका हौं,’ उनले राजधानीलाई इमेलमा लेखेका छन्, ‘हामी यो पुरस्कार दक्षिण अफ्रिकाको जोहनेसवर्गमा जारी १७औं साइटिस सम्मेलनमा आगामी ३ अक्टोबरमा हस्तान्तरण गर्दै छौं ।’

वन्यजन्तु अपराध न्यूनीकरणका लागि नेपाल प्रहरीले गरेको कामबाट विश्व समुदायले सिक्नु आवश्यक भएको अध्यक्ष लिसले बताए । हिमालय क्षेत्रबाट हुने गरेको वन्यजन्तु अपराध नियन्त्रणमा नेपाल प्रहरीको ब्युरो सक्रिय रहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख डीआईजी नवराज सिलवालले आफूहरूको कामप्रति विश्व समुदायले सम्मान गरेकोप्रति खुसी व्यक्त गरे ।

उनका अनुसार सीआईबीले नेपालको सीमा क्षेत्रबाट हुने गरेको वन्यजन्तु चोरीसिकार नियन्त्रणका लागि जिम्मेवारीपूर्ण रूपमा काम गरेको बताए । ‘पुरस्कार पाउने कुराले मलगायत नेपाल प्रहरी खुसी व्यक्त गर्दछ,’ उनले शुक्रबार राजधानीसँग कुरा गर्दै भने, ‘हामीले क्षेत्रीय स्तरमै अन्य मुलुकका वन्यजन्तुसम्बन्धी काम गर्दै आएका निकायसँग सहकार्य गर्दै चोरीसिकार नियन्त्रणका लागि काम गर्न अझ हौसला बढेको छ ।’

नेपाल प्रहरीको सक्रियतामा नेपालमा १८ वर्षदेखिका चोरीसिकारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने र तिनीहरूबाट वन्यजन्तुका अंग पनि नियन्त्रणमा लिँदै आएको छ । ब्युरोले चोरीसिकारमा संलग्न भएका व्यक्तिलाई पक्राउ गर्नअन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यमा काम गर्दै आएको छ ।  आजको राजधानीले खबर छापेको छ।

प्रकाशितः २०७३ असोज १५

वि.सं.२०७३ असोज १५ शनिवार १०:०९ मा प्रकाशित

You can share this post!

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...