back
NMB ad

आजबाट थाल्यो हिमालयले १ सय यात्रु सहित कोलम्बो उडान, हप्ताको ३ दिन उडान गर्ने !

Kumari bank ad

काठमाडौं ।  हिमालय एयरलाइन्सले आजदेखि काठमाडौं-श्रीलंका (कोलम्बो) हवाइ रुटमा सीधा उडान सुरु गरेको छ । बिहान साढे ११ बजे एयरबस ३२० सिरिजको नाइन एन एएलएएन कलसाईन भएको जहाज कोलम्बोका लागि उडेको हो ।

१ सय ५८ सिट भएको उक्त बिमानबाट हिमालयले अब हप्तामा ३ दिन श्रीलंकामा उडान गर्ने कमर्सियल महाप्रवन्धक राजु केसीले जानकारी दिए। उनका अनुसार पहिलो दिन आज १ सय जना यात्रुहरु बोकेर जहाज कोलम्बो उडेको छ ।

तिव्वत एयरलाइन्सको पनि लगानी रहेको हिमालय एयरलाइन्सले आफ्नो दोस्रो गन्तव्यको रुपमा कोलम्बोमा उडान गरेको हो । यसले नेपाल र श्रीलंकबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएको बताइएको छ । मंगलबार, बिहीबार र शनिबार बिहान साढे ११ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडान हुनेछ ।

सवा ३ बजे श्रीलंकाको राजधानी कोलम्बोमा पुगी पुनः सवा ४ बजे त्यहाँबाट उडान भएर सवा ८ बजेतिर विमान काठमाडौं फर्किनेछ। एयरलाइन्सले ‘इकोनोमिक क्लास’को लागि एकतर्फी भाडा २९ हजार १ सय ९१ रुपैयाँ निर्धारण गरको छ । राउण्ड ट्रिपका लागि ५० हजार ४१ रुपैयाँ तोकिएको छ ।

त्यस्तै विजनेस क्लासको टिकटको लागि एकतर्फी ४९ हजार ३ सय १९ र राउन्ड ट्रिपको लागि ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशितः २०७३ असोज १५

वि.सं.२०७३ असोज १५ शनिवार १४:०२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...