back
NMB ad

जागिर खाने सोचमा हुनुहुन्छ ? विकास बैंकमा आवेदन दिनुहोस् !

Kumari bank ad

काठमाण्डौं । भार्गव विकास बैंकले एसिस्टेन्टदेखि मेनेजरसम्मका लागि कर्मचारी माग गरेको छ । क्षत्रियस्तरको विकास बैंक भार्गवले अफिसर, जुनियर अफिसर, सुपरभाइजर र एसिस्टेन्ट तहमा रहेर शाखा व्यवस्थापक र एसिस्टेन्सको जिम्मेवारीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले कोहलपूर, लामाही र गुल्हेरिया शाखाका लागि एक÷एक जना व्यवस्थापक माग गरेको छ । यसका लागि व्यवस्थापन संकायमा स्नातक या सोसरह उतीर्ण गरी वित्तीय क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ भने उमेर ४० वर्ष नपुगेको हुनुपर्नेछ ।

त्यस्तै, बैंकले अन्य शाखाहरुका लागि केही संख्यामा एसिस्टेन्ट माग गरेको छ । यसका लागि व्यवस्थापन संकायमा स्नातक या सोसरह उतीर्ण गरी वित्तीय संस्थामा २ वर्ष काम गरेको अनुभव र उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

कम्प्युटर र पुमोरी बैंकिङ सफ्टवेर चलाउन जान्ने, बैंकिङ क्षेत्रमा काम गर्न इच्छुक र बैंकले तोकेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले २ नोभेम्वर अर्थात कात्तिक १७ गतेभित्रमा बैंकको इमेल ठेगाना [email protected] मा निवेदन, हालसालै खिचेको एक प्रति पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपि र सबै शैक्षिक प्रमाणपत्रहरु पठाउनुपर्नेछ । स्थानीयलाई प्राथमिकता दिइने समेत बैंकले जनाएको छ ।

प्रकाशितः २०७३ असोज २०

वि.सं.२०७३ असोज २० बिहीवार १०:०८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...