back
NMB ad

८० हजार लगानीमा १८ वर्षे नेपाली युवाले बनाए चार पांग्रे नमूना गाडी

Kumari bank ad

काठमाण्डौं । बाग्लुङका १८ वर्षीय युवक भिम सुनारले ‘ओशियन’ नामको नमूना गाडी बनाएर आज सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् । कक्षा १२ मा अध्ययनरत सुनारले यसअघि हेलिकोप्टर, डोजर र यन्त्र मानव (रोबोट) बनाइसकेका छन् ।

पत्रकार सम्मेलनमा सुनारले भने, ‘यो गाडी ८० हजार लगानीमा निर्माण भएको छ । ३ लाख खर्च गरेर बनाउने हो भने एकदमै राम्रो गाडी बनाउन सक्छु ।’ उनले बनाएको गाडीमा बाइकको इन्जिन प्रयोग गरिएको छ । तर, स्टेरिङ भने आफैले बनाएको उनले बताए ।

कृषि क्षेत्रको विकासमा समर्पित हुने लक्ष्य लिएको बताउने सुनारले आगामी दिनमा गहुँ, कोदो, धान, भटमासलाई मेसिन मार्फत सरल व्यवस्थापन गर्ने र तरकारी काट्ने मेसिन बनाउने बताए । ‘राज्यले सहयोग गरेको खण्डमा हामी जस्ता केही गर्न चाहने युवाहरू स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौं,’ उनले भने, ‘यदि राज्यले हेरेन भने विदेश पलायनको विकल्प रहँदैन ।’

९ फागुन २०७३, ४।००

वि.सं.२०७३ फागुन ९ सोमवार १६:३७ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...