back
NMB ad

फूल बेचेरै १ अर्ब ३४ करोड कमाई

Kumari bank ad

काठमाण्डौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान) यही चैत १८ गतेदेखि १९ औं पुष्प व्यापारमेला (फ्लोरा एक्स्पो) आयोजना गर्ने भएको छ । स्वच्छ वातावरण र आर्थिक सम्मृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ पुष्प मेला आयोजना गर्न लागिएको हो ।

चारदिने मेलामा कुल ६४ वटा स्टलमध्ये अफिसियल स्टलका लागि ६, प्रतियोगितात्मक प्रदर्शनीका लागि तीन, ल्याण्डस्केपिङका लागि चार वटा र व्यवसायिक स्टलका लागि ५१ वटा स्टल छुट्याइएको आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मेलामा मौसमी फूल, आलंकारिक बोट बिरुवा, कटफ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि र विषादीको प्रदर्शनी तथा बिक्रीको व्यवस्था गरिएको छ ।

हाल नेपालमा १४१ हेक्टरमा पुष्प खेती हुँदै आएको छ । आव २०७१/७२ मा सिजनल फूल बिरुवातर्फ २२ करोड, आलंकारिक बोट बिरुवातर्फ ४० करोड, कटफ्लावर्सतर्फ २१ करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्गतर्फ १७ करोड, खुल्ला फूलतर्फ सात करोड र निर्याततर्फ तीन करोड गरी कुल एक अर्व ३४ करोडभन्दा बढीको कारोबार भएको फयानले जनाएको छ। आब २०७१/७२ मा १० करोडको फूल तथा पुष्पजन्य बस्तुको आयात भएको छ ।

मेलामा सहभागि विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाबीच प्रतिस्पर्धा गराई विभिन्न विधामा प्रथम हुनेलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने फयानका कार्यवाहक अध्यक्ष तथा मेला संयोजक दिलिप वादेले जानकारी दिए ।

१५ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १५ सोमवार ११:०९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...