काठमाडौ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
उता सोल्टी होटलले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ६.०५३ प्रतिशत नगद लाभांश दिने भएको छ । होटलको लाभांश दिने प्रस्ताव आगामी मंसिर २८ गते हुने साधारण सभामा पेस हुनेछ । साधारण सभा गर्न कम्पनीले मंसिर ४ देखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । यसआधारमा मंसिर ३ गतेसम्म कायम सेयरधनीले मात्र सोल्टीको लाभांश पाउनेछन् ।
प्रकाशित मितिः २०७४ कार्तिक ६
वि.सं.२०७४ कात्तिक ६ सोमवार १३:०९ मा प्रकाशित