काठमाडौ। समता माइक्रोफाइनान्सले वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांश दिने भएको छ । भदौ २४ गते बसेको कम्पनीको ५३ औं सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।
यस्तै वोमी माइक्रोफाइनान्सले २० प्रतिशत बोनस सेयर र १.१०८ नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ २५ गते आइतवार बसेको ९४ औं सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
दुवै कम्पनीहरुको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत र कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
प्रकाशित मितिः २०७४ भदौ २६
वि.सं.२०७४ भदौ २६ सोमवार ११:१९ मा प्रकाशित