काठमाडौ। आइतबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन हिमालयन जनरल इन्स्योरेन्स र रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद सेयर पछिको मूल्य समायोजन गरेको हो ।
नेप्सेले हिमालयन जनरल इन्स्योरेन्सकोे १६६.६७ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ६९१ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ८५१ रुपैयाँ रहने भएको छ ।
त्यस्तै, नेप्सेले रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाकोे ५० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १८४३ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १०२६ रुपैयाँ रहेको छ ।
प्रकाशित मितिः २०७४ असार १८
वि.सं.२०७४ असार १८ आइतवार १४:१३ मा प्रकाशित