back
NMB ad

दुई कम्पनीको करोडौं कित्ता सेयर भर्न छुटाउनुभयो कि ? २ दिनमात्र बाँकी

Kumari bank ad

काठमाडौ । बीमाका सेयरधनीहरु अहिले तीन दुईवटा बीमा कम्पनीले एक करोड भन्दा बढी कित्ता हकप्रद सेयर निष्काशन गरेका छन् । हिमालयन जनरल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले चुक्तापुँजीवृद्धिका हकप्रद सेयर निष्काशन गरेका हुन् ।

हिमालयन जनरल इन्स्योरेन्सको एक बराबर एक दशमलव ६६६७ को अनुपात अर्थात १६६ प्रतिशत हकप्रद असार २८ गतेबाट निष्काशन भइरहेको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि सय रुपैयाँ अंकित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । असार २८ गतेदेखि खुलेको हकप्रदमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रदमा असार १५ सम्म कायम शेयरधनीले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नक्साल काठमाडौ तथा एनएमबि बैंकको सूर्य विनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीनदोबाटो बनेपा, ट्राफिक चोक बुटवल, महेन्द्रपथ धरान, रंगेलीरोड विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, बसपार्क रोड धनगढी, न्यूरोड पोखरा, आदर्शनगर वीरगञ्ज, नारायणगढ चितवन, भानुचोक जनकपुर र बिर्तामोड झापाबाट आवेदन दिन सकिनेछ ।

यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १ः१ अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद शेयर असार ३० गतेबाट निष्काशन खुल्ला भएको छ । उक्त हकप्रद शेयरमा असार १२ गतेसम्म कायम लगानीकर्ताले भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले ३९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय डिल्लीबजार काठमाडौ तथा लुम्बिनीको सेयर रजिष्ट्रार एस क्यापिटल लालदरबार काठमाडौबाट पनि आवेदन दिन सक्नेछन् । कम्पनीले सीबीआइएल क्यापिटलमा चेकमात्र र हकप्रद सेयर हक हस्तान्तरण गरी लिएका सेयरधनीको आवेदन एस क्यापिटलबाट मात्र लिने व्यवस्था गरेको छ ।

यसैगरी, सिटिजन्स बैंकको उपत्यका भित्रका ठिमी, कुपन्डोल, बौद्ध र कलंकी शाखा तथा उपत्यका बाहिर बिर्तामोड, विराटनगर, धरान, वीरगंज, नारायणगढ, जनकपुर, बुटवल, पोखरा, नेपालगंज, धनगढी र महेनद्रनगर शाखाबाट आवेदन दिन पाइनेछ ।

प्रकाशित मितिः २०७४ साउन ३०

वि.सं.२०७४ साउन ३० सोमवार ११:३१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...