back
NMB ad

भूकम्पपिडीत नुवाकोटबासीलाई जिफन्टको सहयोग,बहु–उद्धेश्यिय सामुदायिक भवन हस्तान्तरण

Kumari bank ad

नुवाकोट । भूकम्पपिडित नुवाकोटबासीलाई नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले पक्की बहु–उद्धेश्यिय सामुदायिक भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । नुवाकोटको गेर्खुटारमा अवस्थित गेर्खुटार युवा क्लबले संचालनमा ल्याउने गरि एक कार्यक्रमकाबीच जिफन्ट प्रतिनिधि परिषद्का प्रमुख मुकुन्द न्यौपानेको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो ।

भवन हस्तान्तरण गर्दै न्यौपानेले आफैं भत्केर पनि जनताको सेवामा समर्पित क्लबको कार्यको प्रशंसा गर्दै जिफन्टले थप सामाजिक सेवामा योगदान होस् भन्ने उदेश्यले नुवाकोटमा सहयोग गरिएको बताए । उनले नेपाल एकिकरण गर्ने प्रमुख ठाउँ नुवाकोटले राष्ट्रियताको पक्षमा सबैलाइ एकजुट गराउन दबाब दिनुपर्ने भनाई राखेका थिए ।

Gefont Nuwakot Photo2

कार्यक्रममा जिफन्टका अध्यक्ष विष्णु रिमालले हालसम्म भूकम्पपिडित १० हजारभन्दा बढि परिवारलाई जिफन्टले २ करोड रुपैंया भन्दा बढिको सहयोग उपलब्ध गराएको र हाल भवन निर्माण कार्यलाई निरन्तरता दिएको बताए । यस्तै काभ्रेमा पनि एक अर्काे सामुदायिक भवन हस्तान्तरणको अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

जनश्रमदानसहित जिफन्टको ४० लाख रुपैंयाभन्दा बढिको आर्थिक तथा प्राबिधिक सहयोगमा २७ दिनमा निर्माण सम्पन्न भएको उक्त बहु–उद्धेश्यिय भवनको आयु ५० वर्ष रहेको छ । भवन निर्माणमा कोरियन मजदुरको संस्था कोरियाली ट्रेड युनियन महासंघ(केसिटियू) को पनि सहयोग रहेको छ ।

Gefont Nuwakot1

सुरुमा इन्टरनेटसम्म पहुँच नभएका बैदेशिक रोजगारीमा गएका परिवारलाई इन्टरनेटसँग साक्षात्कार गराई परिवार र आफन्तसँग जोड्ने उदेश्यले उक्त भवन संचालनमा ल्याईनेछ । बहु–उद्धेश्यिय भवनबाट निशुल्करुपमा ग्रामिण भेगका स्थानीयलाई इन्टरनेट सुबिधा उपलब्ध गराउने उदेश्यसहित भवनमा कम्प्युटर जडान गरि सेवा पनि सुभारम्भ  गरिएको छ । उक्त भवनका माध्यमबाट त्यस क्षेत्रका करिब २१०० मानिसहरु इन्टरनेट सुबिधाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ । त्यस्तै भवनका माध्यमबाट सहकारीको प्रबद्र्धन, भूकम्पपिडित जनतालाई लक्षित अन्य सामुदायिक हितका कार्यक्रमहरु संचालनमा ल्याईने क्लबमा पूर्व अध्यक्ष एवं वर्तमान अध्यक्ष एवं पदाधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मितिः २०७३ पुस ४

वि.सं.२०७३ पुस ४ सोमवार ०९:४६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...