विवादित सहसचिव सुवेदीले शुक्रबारबाट अवकाश पाउने

वैदेशिक रोजगार विभागका महानिर्देशक भरत सुवेदीले  आफ्नो उमेर निजामति किताबखानाको सिटरोल अनुसार बनाइ माग्न दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि उनले अागामी शुक्रबारबाट अवकाश पाउने भएका छन्।
बुधवार प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौड्यालको इजलासले उनको रिटमा अन्तरिम आदेश जारि गर्नु नपर्ने निर्णय गरेको छ।
उनले निजामति किताब खानाको सिट रोलमा आफ्नो उमेर तीनवर्ष घटाएका थिए। उनले आफ्ना नागरिकता र प्रमाण पत्र समेत भेटिएका थिएनन्। तर परीक्षा नियन्त्रण कार्यालयमा भएका उनका सर्टिफिकेट फेला परेपछि सिटरोल र प्रमाणपत्रको उमेर फरक परेको थियो। सर्टिफिकेट अनुसार, उनको जन्म २०१४ साल असोज १५ गते हो। तर सिटरोलमा २०१७ असोज १५ भएको बनाएका थिए। सर्टिफिकेट भेटिएपछि सामान्यप्रसासन मन्त्रालयले उनको सर्टिफिकेटको जन्ममिति कायम गरिदिएको थियो। जस अनुसार असोज १५ मा उनी ५८ वर्ष पुगेर अवकास प्राप्त गर्ने छन्।
सामान्यप्रसासन मन्त्रालयको निर्णय विरुद्ध उनी सर्वोच्च अदालत गएका थिए। उनले आफ्नो जन्ममिति २०१७ असोज १५ मा भएकोले अझै तिनवर्ष काम गर्न पाउने माग गरेका थिए।
२०७२ असोज १४ गते १७:१७ मा प्रकाशित

You can share this post!

चिनियाँ नाका खुलाउन श्रमदानका लागि अनेरास्ववियुको टोली प्रस्थान

मधेसी मोर्चाको हुलाकी राजमार्गमा मानव साङ्लो

Related posts